default_image

10 years ago

February 24, 2016

सिड्नीमा नेपाली महिला भलिबल प्रतियोगिता हुने

251 views

0 Bookmark

सिड्नी, फागुन १२
अष्ट्रेलियाको सिड्नीमा नेपाली महिला भलिबल प्रतियोगिता हुने भएकोे छ ।

volleyball
नेपाली पोेशाकको ब्यवसायी गर्दै आएकी नेपाली महिला नेन्सी पुनको सक्रियता तथा नेपमार्टको आयोजनामा हुने एक दिने प्रतियोगिता आगमी फेब्रुअरी २८ तारिखमा हुनेछ । प्रतियोगितामा ४ टिमको सहभागिता रहने रेफ्री संयोजक खेम पुर्जाले सिड्नीबाट जानकारी गराएका छन् ।

राउण्ड रबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा जलजला परिवार, म्याग्दी सेवा समिति, पोखरा समाज र छन्त्याल परिवार रहेका छन् ।  सिड्नीको पिसी वाइसी म्यारिकभिल खेल मैदानमा हुने प्रतियोगिताका दुई उत्कृष्ट टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका विजेताले ८ सय अमेरिकी डलर र उपविजेताले ५ सय प्राप्त गर्ने तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ सय डलर प्राप्त गर्ने संयोजक पुर्जाले जानकारी गराए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.