10 years ago
February 24, 2016
काठमाडौं, फागुन १२
प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । बुधवार भएको लिग खेलबाट सफलता निकाल्दै एपीएफ सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टिम बनेको छ ।

समूह बीबाट ४ खेलमा ३ सफलता सहित ९ अंक जोड्दै एपीएफ उपबिजेताको रुपमा अन्तिम चारमा प्रवेश हो । सेमिफाइनलमा एपीएफले समूह ए को बिजेता पुलिससँग प्रतिस्पर्धा गर्नेछ । दोश्रो सेमिफाइनलमा भने आयोजकका ए र बी टिम बीच हुनेछ ।
लगनखेल स्थित आर्मीको खेल परिषरमा भएको लिगको अन्तिम खेलमा एपीएफले सूदुर पश्चिमाञ्चललाई २५–२१, २५–८ र २५–११ को सोझो सेटमा हरायो । अन्य खेलमा मध्यामञ्चल र आर्मी ए ले जित निकाले । मिश्रित नतिजा निकालेको मध्यामाञ्चलले पहिलो खेलमा मध्यपश्चिमाञ्चललाई २५–१०, २५–१६ र २५–२१ को सोझो सेटमा हराउदा दोश्रो खेल आर्मी ए सग २५–१२,२६–२४ र २५–१२ को सोझो सेटले पराजित भयो । चार खेलबाट ६ अंक बनाएको मध्यामाञ्चल प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको बिहिवारको पहिलो सेमिफाइनल खेल पुलिस र एपीएफ बीच अपरान्ह १ बजे तथा आर्मी ए र बी बीचको खेल अपरान्ह ३ बजे हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]