7 years ago
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रवल दावेदार न्यु डायमन्ड एकेडेमीलाई पराजित गर्दै चितवन टाइग्रेस राजधानीमा जारी आदीअवादी महिला भलिबल (एभीएल) लिगको समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको लिगको अन्तिम खेलमा तीन अमेरिकी खेलाडी सम्मिलित चितवन टाइग्रेसले डायमन्डमाथि ३–१ को जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भएको हो । चितवनसँग पराजित भएपनि डायमन्डले समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । चितवनले शतप्रतिशत जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा रहँदा डायमन्ड २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । १ अंक जोडेको आर्मी पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।
चितवन टाइग्रेसले पहिलो सेटमा २५–१९ को सहज जित निकालेको थियो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा डायमन्डले २९–२७ को कठिन जत निकाल्दै खेलमा फर्कने संकेत देखाएका थिए । दोस्रो सेटमा १०–१५ को स्थितिमा चितवनले उत्कृष्ट पुनरागमन गरेपनि डायमन्डले आफ्नो अग्रतालाई जोगाउदै जित निकाल्न सफल भएको थियो । तेस्रो सेटमा चितवनले खेलमा पछि परेर पनि २५–१९ को सहज जित निकाल्दै २–१ को अग्रता बनाएको थियो । १७–१९ को स्थितिमा चितवनले लगातार अंक जोड्दै डायमन्डलाई १९ अंकमै रोक्न सफल भएको थियो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा पनि चितवनले २८–२६ को संघर्षपूर्ण जित निकाल्दै डायमन्डमाथि ३–१ को सेटमा जित निकाल्न सफल भयो ।
भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।

न्यु डायमन्ड र एपीएफ सेमिफाइनलमा भिड्ने
घरेलु महिला भलिबलको दुई सफल र चिरपरिचित प्रतिद्धन्द्धी नेपाल एपीएफ क्लब र न्यु डायमन्ड एकेडेमीबीच आदीअवादी महिला भलिबल (एभीएल) लिगको सेमिफाइनलमा खेल्ने भएको छ ।
लिग अन्र्तगत सोमबार समूह चरणको खेलपछि एपीएफले सेमिफाइनलमा डायमन्डसँगको भेट पक्का गरेका हुन् । समूह ‘ए’ बाट डायमन्ड उपविजेताको रुपमा अघि बढेको थियो । उपाधिको प्रवल दावेदार एपीएफले समूह चरणको अन्तिम खेलमा पोखरा पिङ्केजलाई २५-१३, २५-११, २५-१५ को सोझो सेटमा पराजित गर्दै डायमन्डसँगको भेट पक्का गरेको हो ।
सेमिफाइनल खेल मंगलबार हुनेछ । घरेलु महिला भलिबलका हरेक प्रतियोगिताहरुमा यि दुई टोलीले मात्रै फाइनल खेल्दै आएका थिए । अर्काे सेमिफाइनलमा नेपाल पुलिस क्लब र चितवन टाइग्रेसबीच मंगलबार नै खेल हुनेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]