7 years ago
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु महिला भलिबलको सबैभन्दा सफल टोली विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी आदी अवादी महिला भलिबल लिग (एभीएल) को फाइनलमा प्रवेश गरेको छ ।

लिग अन्तर्गत मंगलबार भएको प्रतिस्पर्धातमक खेलमा एपीएफ चिरपरिचित प्रतिद्धन्द्धी न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । एपीएफले अब उपाधिको लागि चितवन टाइग्रेससँग बुधबार प्रतिस्पर्धा गर्नेछ । तीन अमेरिकी खेलाडी र पोखरामा अधिकांश खलोडी समेटेर तयार भएको चितवनले विभागीय नेपाल पुलिस क्लबमाथि ३–० को सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा डायमन्डले शुरुवाती अग्रता जोगाउन नसक्दा २२–२५ ले पहिलो सेट गुमाएको थियो । दोस्रो सेटमा पनि डायमन्ड सेट प्वाइन्टमा पुगेर चुक्दा २४–२६ ले खेल गुमाएपछि डायमन्ड २–० ले पछि परेको थियो । तेस्रो सेटमा एपिएफसामु निरिह देखिएपनि डायमन्डले उत्कृष्ट पूनरागमन गर्दै खेललाई रोमाञ्चक बनाएको थियो । तर, डायमन्ड खेलमा फर्कन निकै ढिला भैसेकेको थियो । एक समय ९–१८ रहेको स्थितिमा डायमन्डले उच्च प्रदर्शनलाई खेललाई २३–२४ को स्थितिमा ल्याएपनि हार टार्न नसक्दा २३–२५ ले सेट गुमायो ।
न्युडायमन्डको यो वर्ष एपिएफसँग यो पाँचौं हार हो । तीन प्रतियेगितामा फाइनलमा पराजित भएको डायमन्डले दुई खेल भने मैत्रीपूर्ण खेलमा गुमाएको थियो । डायमन्डले गत वर्ष माघमा भएको डायमन्ड कपको फाइनलमा पराजित गरेयता एपिएफलाई पराजित गर्न सकेको छैन ।
सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्नेछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]