10 years ago
March 7, 2016
काठमाडौं, फागुन २४
मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सोमवार भएको लिग चरणको दुवै खेलमा सफलता हात पादै न्यू–डायमण्ड एकेडेमी र एपीएफ क्लब विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएका छन् । यसै गरि १ खेल जित १ खेलमा हार बेहोरेका पश्चिमाञ्चल र पुलिस पनि उपबिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

मंगलबार हुने सेमिफाइनलकोपलिो खेलमा न्यू डायमण्ड र पुलिस तथा दोस्रो खेलमा एपीएफ र पश्चिमाञ्चल फाइनल प्रवेशका लागि खेल्नेछ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा न्युडायमण्डले आफ्नो पहिलो खेलमा सेन्ट डेभिज स्कुललाई २५–५,२५–५र २५–६ को सोझो सेट तथा दोश्रो खेलमा पश्चिमाञ्चललाई ३–१ ले हरायो । पहिलो सेट २३–२५ ले गुमाएको न्युडायमण्डले लगातार तीन सेट २५–२२, २५–२१ र २५–२० ले जितेको थियो । त्यस्तै पश्चिमाञ्चलले पहिलो खेलमा सेन्ट डेभिज स्कुललाई २५–११, २५–७ र २५–११ को सेटमा हराएको थियो ।
नैकाप स्थित न्युडायमण्ड स्कुलको कोर्टमा भएको समूह बीको खेलमा एपीएफले न्यू डायमण्ड बीलाई २५–१, २५–३ र २५–६ को सोझो सेटमा हरायो । दोश्रो खेलमा नेपाल पुलिस क्लबलाई २५–१४, २५–२० र २५–१५ को सोझो सेटमा हरायो । पुलिसले आफ्नो पहिलो खेलमा न्य्ू डायमण्डको बीलाई २५–६, २५–७ र २५–७ को सोझो सेटमा हराएको थियो । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी, दोस्रोले ३५ हजार, तेस्रोले २५ हजार र चौथोले १० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]