7 years ago
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी कान्छी माया कोजुले म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

१२औं संस्करणको काठमाडौं म्याराथन अन्तरगत शनिबार बिहान भएको म्याराथनमा कान्छीले निर्धारित दुरी २ घन्टा ५० मिनेट ४१ सेकेन्डमा पुरा गर्दै दुई वर्ष अघि आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेको हो । उनले २०७३ को काठमाडौं म्याराथनमा २ घन्टा ५५ मिनेट ५८ सेकेडसहित कीर्तिमान बनाएको थियो । उनले यसपटक कान्छीले ५ मिनेट १७ सेकेन्ड समय सुधार गरेकी हुन् ।
काठमाडौं म्याराथनको च्याम्पियन बनेसँगै कान्छीले १३औं साग र आठौं राष्ट्रिय खेलकुद नजिकिदै गरेको अवस्थामा बीचमा आएको प्रतियोगिताले नाफा भएको बताइन् । उनले निरतनर प्रशिक्ष्ण र कडा मिहेनतले नै यो सफलता हात पार्न सकेको बताईन् ।
आर्मीकी सरिता वासीले ३ घन्टा ११ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हात पार्दा राजपुरा पचहाईले ३ घन्टा २४ मिनेट ८ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो स्थान हात पारिन् । उपाधिसँगै कान्छीले ५० हजार र शिल्ड प्राप्त गरिन् । दोस्रो भएको सरिताले २० हजार र राजपुराले १५ हजार रुपैया प्राप्त गरिन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]