7 years ago
October 10, 2018
अर्जुन कार्की
बागलुङ – २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएका छन् । दोस्रो दिनको खेलमा प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा विभागीय टिम एपिएफ र गण्डकी र सुदुरपश्चिम प्रदेशले पनि जित हात पारेका छन् ।

गन्डकी प्रदेशको बाग्लुङस्थित गल्कोट नगरपालिकामा बुधबार भएको समूह चरणको खेलमा समुह ‘ए’ तर्फ गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–३, २५–१२ र २५–७ ले पराजित गरेको छ । यस्तै सुदुरपश्चिम प्रदेशले पनि कर्णाली प्रदेशलाई ३–० कै सोझो सेटमा पराजित गरेको छ । सुदुरपश्चिमले कर्णाली विरुद्ध २५–१२, २५–२१ र २५–१० ले लगातार तीन आफ्नो पक्षमा पार्दै जित हात पारेको हो ।
समुह ‘ए’ तर्फ नै विभागिय टिम एपिएफले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ । बलियो एपिएफले आर्मीविरुद्धको पहिलो सेट १८–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट सहजै २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पारेको एपिएफले रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको चौथो सेट २४–२६ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्विएको थियो । तर, निर्णायक सेटमा एपिएफ चुकेन । उसले पाँचौ सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै ३–२ को संघर्षपूर्ण जित निकाल्न सफल भयो ।
यस्तै बुधबार नै भएको समुह ‘वि’ तर्फको समुह चरणको खेलमा प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा ३ नम्बर प्रदेशले पनि एक जित हात पारेको छ ।
३ नम्बर प्रदेशले २ नम्बर प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समुह चरणमा खाता खोलेको छ । ३ नम्बरले २ नम्बरलाई २५–६, २५–१३ र २५–१२ को सोझो सेटमा पराजित गरेको थियो । यस्तै ३ र २ नम्बर प्रदेशलाई पराजित गर्दै ५ नम्बर प्रदेशले दोहोरो जित हात पारेको छ ।
प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई २५–११, २५–३ र २५–६ को सोझो सेटमा पराजित गरेको थियो भने प्रदेश नम्बर ३ लाई २५–१६, २५–१६ र २५–१६ ले नै पराजित गरेको थियो ।
३ विभागीय टिम र ६ ओटा प्रदेशले सहभागिता जनाएको उक्त प्रतियोगितामा बिहीबार समुह ‘ए’ तर्फ सुदुरपश्चिम प्रदेश विरुद्ध त्रिभुवन आर्मी क्लब, एपीएफ विरुद्ध गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश विरुद्ध गण्डकी प्रदेश र कर्णाली प्रदेश विरुद्ध त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् भने समुह ‘वि’ तर्फ प्रदेश नम्बर ३ विरुद्ध नेपाल पुलिस क्लब र प्रदेश नम्बर २ विरुद्ध नेपाल पुलिस क्लब विच प्रतिस्पर्धा हुने जिल्ला भलिबल संघ बागलुङका सचिव सन्दिप पन्तले जानकारी दिनुभयो ।
नेपालभलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको यो प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने बताइएको छ ।
प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]