default_image

7 years ago

October 11, 2018

राष्ट्रिय महिला भलिबल : तीन विभागीयसँगै प्रदेश ५ सेमिफाइनलमा

173 views

0 Bookmark

अर्जुन कार्की

बागलुङ- २२ औं संस्करणको राष्ट्रि महिला भलिबल प्रतियोगितामा तीन विभागीय टिमसहित प्रदेश नम्बर ५ सेमिफाईनलमा प्रवेश गरेको छ ।

बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा बिहीबार भएका समुह चरणका अन्तिम खेलमा विभागीय टिम एपीएफले समुह ‘ए’बाट र नेपाल पुलिसले समुह ‘वि’बाट सतप्रतिशत जित निकाल्दै समुह विजेता बन्दै सेमिफाईनल प्रवेश गरेभने त्रिभुवन आर्मी समुह ‘ए’को उपविजेता र प्रदेश नम्बर ५ समुह ‘वि’को उपविजेता भन्दै सेमिफाईनलमा प्रवेश गरेका हुन ।

शुक्रबार फाईनल प्रवेशको लागि समुह एको विजेता एपीएफले समुह विको उपविजेता प्रदेश नम्बर ५ को सामना गर्नेछ भने समुह विको विजेता नेपाल पुलिसले समुह एको उपविजेता आर्मीको सामना गर्ने छ ।

बिहीबार समुह चरणका ६ खेल सम्पन्न भएका थिए । बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मीले प्रदेश नम्बर ७ लाई ३–० को सोझो सेटमा जित निकाल्यो । आर्मीले प्रदेश ७ लाई २५–६, २५–११ र २५–८ को सेटमा पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा प्रदेश नम्बर ३ लाई नेपाल प्रहरीले ३–० कै सोझो सेटमा पराजित गरेको थियो । प्रहरीले प्रदेश ३ लाई २५–११, २५–७ र २५–१३ को सेटमा पराजित गरेको थियो ।  तेस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले २५–६, २५–२ र २५–८ ले कर्णाली प्रदेशलाई हराएको थियो ।

गण्डकी प्रदेशले प्रदेश नम्बर ७ लाई २५–१६, २५–१५ र २५–१६ ले ३–० को सोझो सेटमा पराजित गर्यो । यस्तै नेपाल प्रहरीले प्रदेश नम्बर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै समुह चरणमा शतप्रतिशत नतिजा निकालेको थियो प्रहरीले प्रदेश २ लाई २५–९, २५–७ र २५–१० ले पराजित गरेको थियो ।

यस्तै समुह चरणको अन्तिम खेलमा विभागीय टिम एपीएफले समुह विजेता बन्ने क्रममा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिला भलिबलमा देशकै नम्बर १ टिमको रुपमा दहरिएको एपीएफले गण्डकी प्रदेशलाई २५–२०, २५–१३ र २५–१६ ले पराजित गरेको थियो ।

नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् ।

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.