default_image

7 years ago

October 14, 2018

नबिल बन्यो पीपीएलको बैंकिङ पार्टनर

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा कार्तिक दोस्रो साताबाट आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटले बैंकिङ पार्टनरको रुपमा नबिल बैंक पाएको छ ।

तस्बिर सौजन्य : क्रिकेटिङनेपाल

पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट र नबिल बैंकले आइतबार बैंकिङ पार्टनरको लागि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केसरी शाह र पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गर्दै सम्झौता पत्र आदान प्रदान गरे । सम्झौता अनुसार नबिल बैंक बैंकिङ पार्टनरको रुपमा रहने छ । तर, सम्झौताको रकम भने खुलाइएको छैन ।

सम्झौता पछि बैंकका सिइओ अनिल केसरी शाहले लामो समयपछि खेलकुदमा फर्किएको बताउदै अब बैंक खेलकुदमा लागि रहने बताए । उनले खेलकुदमा प्रायोजक गर्ने पहिलो बैंकको नबिल बैंक रहेको स्मरण गर्दै लामो समयपछि यसपटकबाट फेरि खेलकुदमा होमिएको बताए । ‘हामीले फेरि शुरुवात गरेका छौं । यो शुरुवात मात्रै हो भविष्यमा क्रिकेटसँगै अन्य खेललाई पनि सहयोग गर्दै जाने हाम्रो लक्ष्य छ,’ सिइओ अनिलले पत्रकार सम्मेलनमा भने, ‘फुटबलबाट शुरु गरेका थियौं, अब हामी क्रिकेटमा मोडिएका छौं । पछिल्लो समय क्रिकेटले छलाङ मारेको छ । त्यसैले हामी पीपीएलसँग आबद्ध भएका हौं ।’

नबिल बैंकले यसअघि ‘ए’ डिभिजन क्लब थ्री स्टार क्लबलाई मुख्य प्रायोजन गरेको थियो । जुन नेपाली खेलकुदमा भित्रिएको पहिलो कर्पाेरेट व्यवसायिक सम्झौता थियो । त्यसयता विभिन्न कर्पाेरेट हाउसहरुले क्लब तथा विभिन्न प्रतियोगितालाई प्रायोजन गर्ने प्रचलनको थालनी भएको थियो ।

यता, क्वीन्स इभेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले कर्पाेरेट हाउसहरुको सहभागिता विना केही कार्य गर्न पनि सम्भव नरहेको बताउदै नबिल बैंकलाई बैंकिङ पार्टनर बनेको मा धन्यवाद ज्ञापन गरे ।

यस्तै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कर्पाेरेट क्षेत्रको सहयोगले नै नेपाली क्रिकेटलाई राम्रो हुदै जाने बताए । उनले पछिल्लो पाँच वर्षयता पोखरमा छुट्टै खालको माहोल बनेको बताए ।
सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र पुर्व मिस नेपाल तथा नबिल बैंका भिसा गर्ल सृष्टि श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

पीपीएल कार्तिक ९ गतेबाट २० गतेसम्म पोखरामा आयोजना हुदैछ । फ्रेन्चाइजको आधारमा हुने प्रतियोगिताका लागि सहभागी सबै ६ क्लबले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेको छ । विदेशी खेलाडी अनुबन्ध गर्ने प्रयास थालिरहेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.