default_image

6 years ago

November 27, 2018

पहिलो हाफमा मनाङलाई अग्रता

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार जारी खेलमा मनाङ मर्स्याङदी क्लबले नेपाल एपीएफ क्लबविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ ।

खेलको आठौं मिनेटमा विशाल राईले झन्डै ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा फार पोस्टमा अनमार्क रहेका अन्जन विष्टको हेडरले पोस्टको दिशा लिन सकेन । १९ औं मिनेटमा मनाङले सुरुवाती अग्रता बनायो । आडेलाजा सोमिडेले विमल रानामगरसँग पेनाल्टी क्षेत्रबाहिर वन टु पास खेल्दै सुन्दर गोल गरे । उनको शक्तिशाली प्रहारलाई गोलरक्षक राजु योगीले सिधै आएपनि बचाउन सकेनन् ।

एपीएफले २५ औं मिनेटमा गोल गर्ने सुन्दर अवसर गुमायो । नवीन लामाले बायाँ विङबाट आउटसाइड फुटले दिएको लो क्रसमा युवराज खड्काले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार अकासियो । त्यसको दुई मिनेटमै एपीएफले पेनाल्टी पायो । नवीन लामाको फ्रिकिक प्रहार पेनाल्टी क्षेत्रभित्र डिफेन्डर मोहमद आसिफको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । नवीनले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ४५ औं मिनेटमा मनाङले पनि पेनाल्टी पायो । कमल श्रेष्ठको क्रस सन्तोष कटवालको हातमा लागेपछि प्राप्त पेनाल्टीमा अन्जन विष्टले गोल गरे ।

यस खेलमा जित दर्ता गरे मनाङ शत प्रतिशत जितको नतिजासँगै अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ । एपीएफ भने लिगको दोस्रो जितको खोजीमा छ ।

December 15, 2024

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । आइतवारको दोस्रो खेलमा सुदूरपश्चिमले पोखरामाथि ५ रनको हार दिलाएको हो । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । सुदूरपश्चिमले दिएको १ सय ५४ रनको […]

December 15, 2024

पोखरालाई सुदूरपश्चिमले दियो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]

December 15, 2024

हेड र स्मिथको शतकमा अस्ट्रेलिया विशाल योगफलतर्फ

एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]

Success

Thank you for your time.