6 years ago
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती क्लबविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।
एपीएफले एकतर्फी दबाब बनाएको खेलमा अग्रता लिन भने १८ औं मिनेटसम्म कुर्नु परेको थियो । श्याम नेपालीको कर्नरमा रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।
त्यसअघि खेलको पाँचौ मिनेटमा श्याम नेपालीले अवसरको सदुपयोग गर्न सकेनन् । नवौं मिनेटमा फरवार्ड युवराज खड्काको हेडरले पोस्टको दिशा लिन सकेन । २१ औं मिनेटमा सरस्वतीका रमेश तामाङको फ्रिकिक प्रहारलाई एपीएफका गोलरक्षकले पन्च गरेर बचाए ।
एपीएफका लागि ३० औं मिनेटमा युवराज खड्काको हेडर पोस्टमा लाग्यो । श्याम नेपालीको क्रसमा खड्काको हेडरले गोलरक्षकलाई बिट गरेपनि पोस्ट बाधक बनेको थियो । पहिलो हाफको दुई मिनेट समय बाँकी रहँदा युवराजले अग्रता दोब्बर पारे । उनले एकल प्रयासमा पेनाल्टी क्षेत्र नजिकैबाट गोल गरेका थिए ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]