10 years ago
March 29, 2016
काठमाडौं, चैत १६ ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ को मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लब र पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ बिजयी भएको छ ।
मंगलबार भएको खेलमा नेपाल एपिएफले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफको यो लगातार दोस्रो जित हो । यसअघि एपिएफले सोमबार पश्चिमाञ्चललाई पराजित गरेको थियो । पहिलो सेट २५–११ ले जितेको एपिएफले दोस्रो सेट २५–०४ ले तथा अन्तिमा सेट २५–९ ले जित्यो ।
यसैगरी मंगलबार भएको अर्को खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पश्चिमाञ्चलको यो पहिलो जित हो । २५–०६, २५–०७ र २५–१३ ले पराजित गरेको हो ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा जारी प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, ढोरपाटन स्पोर्टस टे«निङ सेन्टर, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम गरी कूल पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिता १९ गतेसम्म चल्नेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]