7 years ago
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली साविकको विजेता त्रिभुवन आर्मी क्लब र नेपाली एपिएफ क्लब पोखरामा जारी चौथो अराबीबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधिका लगि भिड्ने भएका छन् ।
यि दुई टोलीले लिग चरणमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा एपिएफ ३–२ को सेटमा विजयी भएको थियो ।
शुक्रबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सम्पन्न भएको खेलमा आर्मीले नयाँ बजार स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थानमा रहँदै च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भयो । आर्मीले नयाँबजारमाथि २५–१९, २५–२० र २५–१८ को सोझो सेटमा जित निकाल्यो ।
शुक्रबारै भएको लिग चरणको अर्काे खेलमा एपिएफले जावलाखेल धलिबल प्रशिक्षण केन्द्रलाई ३–१ को सेटमा पराजित गर्दै लिग चरणको दोस्रो स्थानमा रहँदै आर्मीसँगको उपाधि भिडन्त पक्का ग¥यो । एपिएफले जाउलाखेललाई २५–१०, १६–२५, २५–१७ र २५ १२ को सेटमा हरायो ।
जारी लिगमा नेपाल आर्मीले १८ अंक जोड्यो । एपिएफ १७ अंक जोडेर दोस्रो, पुलिस १६ अंक तथा मणिमुकुन्दले ११ अंक जोडेर चौथो स्थानमा रह्यो ।
शुक्रबारै भएको खेलमा विभागिय टोली नेपाल पुलिसले ढोरपाटनलाई ३–० को सोझो सोटमा पराजित ग¥यो । पुलिसले ढोरपाटनमाथि २५–२१, २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो । फाइनल र तेस्रो स्थानको लागि खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ । तेस्रो र चौथो हुनेले क्रमश: ५० र २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र प्रशिक्षकले जनही ५–५ हजार रूपैयाँ पाउनेछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]