default_image

7 years ago

January 4, 2019

न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबलको तयारी पुरा

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ ।

आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबले शुक्रबार पत्रकार सम्मेलनमार्फत दोस्रो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले प्रशिक्षण तथा प्रतियोगिता दुवैको माध्यमबाट न्यु डायमण्डले नेपाल भलिबलको बिकासमा महत्वपूर्ण योगदान पुर्याएको धारणा ब्यक्त गरे ।

लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगिताको खेल स्थल भने परिर्वतन भएको छ । प्रतियोगिता संयोजक कुमार राईले प्राविधिक कारणले खेल स्थल आफ्नै स्कुल न्यु डायमण्डमा गर्ने निर्णय भएको बताए । प्रतियोगिता पुस २५ देखि २८ सम्म संचालन हुने प्रतियोगितामा सहभागी ८ टिमलाई चार समूहमा विभाजन गरिएको छ । साविक बिजेता न्यु डायमण्ड र चितवन टाईगे्रस समूह ‘ए’ मा रहेका छन् । समूह ‘बी’ मा टप्स र पारामाउन्ट छन् । त्यस्तै समूह ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपीएफ र जावलाखेल रहेका छन् ।

कुमार राई

प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाँउनेछन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि नेपाल भलिबल संघले १५ हजार संघका अध्यक्ष मनोरन्जन रमण शर्माले २५ हजार संघका महासचिव जितेन्द्र बहादुर चन्दले १० हजार सहयोगको घोषणा गरेका छन । त्यस्तै सेन्चरी कमर्सियल बैंकले ब्यक्तिगत बिद्याका सम्पूर्ण उत्कृष्टले प्राप्त गर्ने पुरस्कारको रकम प्रायोजन गर्ने भएको छ ।

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

Success

Thank you for your time.