7 years ago
January 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदर त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलि क्लब दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

इटहरि रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको फाइनलमा पुलिसले बलियो आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा पुलिसले आर्मीमाथि २६–२४ को प्रतिस्पर्धात्मक र रोमाञ्चक जित निकालेको थियो । दोस्रो सेट आर्मीले २५–२१ ले जितपछि खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तर, त्यसपछिको दुवै सेटमा पुलिसले आर्मीलाई २५–२३ र २५–१७ ले निराश पार्दै च्याम्पियन बन्न सफल भयो ।
च्याम्पियन बनेसँगै पुलिसले ४ लाख रुपैयासहित सिलड मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले २ लाख रुपैयमा चित्त बुझायो ।
आर्मीका धन बहादुर भट्ट प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । व्यक्तिगत विधातर्फ पुलिसले वर्चस्व जमायो । कुल बहादुर थापा उत्कृष्ट स्पाइकर, कप्तान इम राना उत्कृष्ट सेटर, दीपकराज जोशी उत्कृष्ट ब्लकर र सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । आर्मीका भैरव बहादुर बम उत्कृष्ट क्वीकर र आर्मीकै इश्वर थापामगर उत्कृष्ट लिवेरो चुनिए ।
पुस १९ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]