default_image

7 years ago

January 8, 2019

न्यु डायमण्ड कपलाई होङवान्जीको साथ

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङवान्जी बौद्ध समाज नेपालको साथ पाएको छ ।

सुकेधारास्थित समाजका तर्फबाट नेपाल प्रमुख सोनाम वाङ्दी भुटिया र प्रतियोगिता संयोजक कुमार राईले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदन–प्रदान गरे । होङवान्जी बौद्ध समाजका भुटियाले हामी न्यु डायमण्डका समर्थक रहेको र न्यु डायमन्डसँग जोडिने अवसर पाएकोमा समाज गौरवान्वित भएको बताए ।

सम्झौता अनुसार होङवान्जीले आयोजकलाई ५ लाख उपलब्ध गराउने छ । सम्झौता पश्चात प्रतियोगिता ‘होङवान्जी न्यु डायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल’ को नामले संचालन हुनेछ ।

प्रतियोगिता संयोजक कुमार राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिदै होङवान्जी बौद्ध समाजलाई महत्वपूर्ण सहयोगका लागि धन्यवाद ब्यक्त गरे । यस्तै प्रतियोगितालाई नानी छोरी स्मृति प्रतिष्ठानका असोककुमार मालीले तेस्रो पुरस्कारको रकम १ लाख १ हजारको प्रायोजन तथा ब्ल्याकहर्ष सुजले चौथो पुरस्कार ५१ हजारको प्रायोजन गरेको आयोजकले बताएका छन् ।

हाल अमेरिका निवासी भलिबलका बरिष्ठ प्रशिक्षक हुकुमराज गिरी र भलिबल खेलाडी रमिला तण्डुकारबाट ५०-५० हजार सहयोग प्राप्त प्रतियोगिता संयोजक कुमार राईले बताए ।

नैकापस्थित न्युडायमण्ड एकेडेमीमा लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । साविक बिजेता न्यु डायमण्ड र चितवन टाईगे्रस समूह ‘ए’ मा रहेका छन् भने समूह ‘बी’ मा टप्स र पारामाउन्ट छन् । त्यस्तै समूह ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपीएफ र जावलाखेल रहेका छन् ।

प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाँउने छन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार तथा समापन सभामुख कृष्णवहादुर महराले गर्ने छन् ।

उद्घाटन खेल आयोजक न्युडायमण्ड र चितवन टाईग्रैसबीच हुनेछ । प्रतियोगिता पुस २५ देखि २८ सम्म सञ्चालन हुनेछ ।

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

Success

Thank you for your time.