default_image

7 years ago

January 9, 2019

न्यु डायमण्ड र एपिएफको विजयी सुरुवात

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल एपिएफ क्लबले रजधानीमा आजबाट सुरु भएको दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बुधबार भएको उद्घाटन खेलमा साविकको विजेतासमेत रहेको आयोजक न्यु डायमन्डले चितवन टाइग्रेसमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । पहिलो सेटमा न्यु डायमन्डले २५–१३ को सहज जित निकालेको थियो ।

दोस्रो सेटमा भने न्यु डायमन्डले आफैले गल्ती गरेपनि २५–१८ ले जित्न सफल भएको थियो । तेस्रो सेटमा दोस्रो रोजाईको खेलाडी उतारेपनि न्यु डायमन्डले २५–११ ले सहजै जित्न सफल भयो । यससँगै न्यु डायमन्ड समूह ‘ए’ को विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गर्दा पराजित भएर पनि चितवनले समूह उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो । अब न्यु डायमन्डले क्वाटरफाइनलमा समूह ‘सी’ को उपविजेता आर्मीसँग तथा चितवनले समूह ‘सी’ को विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

यसअघि बुधबार भएको पहिलो खेलमा साविकको उपविजेता नेपाल एपिएफ क्लबले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि ३–० को सहज जित निकाल्यो । एपिएफले २५–५, २५–१८ र २५–८ ले सहजै खेल आफ्नो पक्षमा पारेको थियो । समूह ‘डी’ बाट एपिएफ विजेता तथा जावलाखेल उपविजेताको रुपमा अघि बढ्यो ।

बुधबारै भएको विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सहज जित निकाल्यो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले पहिलो र दोस्रो सेटमा समान २५–२१ र २५–२१ को सहज जित निकालेको थियो । तेस्रो सेट भने पुलिसले २५–१८ ले सहजै आफ्ना पक्षमा पार्न सफल भयो । अर्काे खेलमा पोखराको टप्स माविले पारामाउन्ट स्कुलमाथि २५–१४, २५–१२ र २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

अब क्वाटरफाइनलमा समुह ‘डी’ को विजेता बनेको एपिएफले समूह ‘बी’ को उपविजेता पारामान्टसँग खेल्नेछ । यस्तै समूह ‘बी’ को विजेता टप्सले जावलाखेलसँग खेल्नेछ । क्वाटरफाइनल खेल बिहिबार हुनेछ ।

पहिलो क्वाटरफाइनलमा चितवन र नेपाल पुलिस क्लब, दोस्रो खेलमा पारामाउन्टले नेपाल एपिएफ क्लब, न्यु डायमन्डले त्रिभुवन आर्मी क्लब र टप्सले जावलाखेलसँग खेल्नेछ ।

प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाँउनेछन । तेस्रो हुने टिमले एक लाख १ हजार र चौथोले ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका थिए । उद्घाटन समारोहमा संसद् कृष्णगोपाल श्रेष्ठ, मदन भन्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

Success

Thank you for your time.