7 years ago
January 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा एपीएफले साविकको विजेता तथा आयोजक न्यु डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपीएफले फाइनलमा भोगेको हारको बदला लिएको छ ।
एपीएफको सिजनको यो छैटौ उपाधि हो ।
यसअघि एपीएफले शेर बहादुर खड्का स्मृति खुल्ला महिला भलिल प्रतियोगिता, सभामुख कप भलिबल प्रतियोगिता, एनभिए क्लब लिग च्याम्पियनसिप तीज कप पोखरा र बागलुङमा भएको एनभिए महिला भलिबल लिगको उपाधि जितेको थियो । यता, न्यु डायमण्ड भने फाइनलमा लगातार एपीएफसँग चुक्यो । सभामुख कपबाहेक सबै प्रतियोगितामा न्यु डायमण्ड फाइनलमा एपीएफसँगै पराजित हुन पुग्यो ।
घरेलु मैदानमा न्यु डायमण्डले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनाएको थियो । तर, त्यसपछिको तीनै सेट डायमण्डले गुमाउन पुग्यो । दोस्रो सेट न्यु डायमण्डले २१–२५ ले गुमाएपछि खेल १–१ को सेटको बराबरीमा पुगेको थियो रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा एपीएफ २५–२३ ले विजयी भएपछि एपीएफले खेलमा २–१ को अग्रता बनायो । चौथो सेटमा एपीएफ २५–१८ ले सहजै विजयी हुन सफल भयो । यसअघि शनिबारै विभागीय नेपाल पुलिस क्लबले टप्स मावि पोखरालाई २५–११, २५–२१ र २५–१४ ले पराजित गर्दै तेस्रो स्थान हात पार्न सफल भयो ।
च्याम्पियन बनेसँगै एपीएफले ३ लाख १ हजार रुपैयासहित शिल्ड र मेडल प्राप्त ग¥यो दोस्रो भएको न्यु डायमण्डले २ लाख १ हजार रुपैयामा चित्त बुझायो । तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख १ हजार तथा चौथो भएको टप्सले ५१ हजार रुपैया हात पा¥यो । विजयी टिम तथा खेलाडीलाई सभामुख कृष्ण बहादुर महरा, संसद कृष्णगोपाल श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ र न्यु डायमण्ड स्पोर्टस् क्लबकी अध्यक्ष सुनकेशरी माली लगायतले पुरस्कृत गरे ।
गत बुधबारबाट सुरु भएको राउन्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा विभिन्न ८ टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी
सरस्वती चौधरी (एपीएफ) –१५ हजार रुपैया
विधागत उत्कृष्ट
प्रतिभा माली (स्पाइकर, न्यु डायमण्ड) –५ हजार
सलिना श्रेष्ठ (डिफेन्डर, न्यु डायमण्ड) –५ हजार
ललिता नाथ (क्वीकर, न्यु डायमण्ड) –५ हजार
अनिषा सुनुवार (सेटर, न्यु डायमण्ड) –५ हजार
झरना श्रेष्ठ (सर्भर, न्यु डायमण्ड) –५ हजार
उषा विष्ट (ब्लकर, एपीएफ) –५ हजार
ज्ञानेन्द्र विष्ट (प्रशिक्षक, एपीएफ) –५ हजार
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]