7 years ago
January 13, 2019
पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आयोजना हुने दोस्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा तथा तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको संयोजन माघ १ देखि ५ गतेम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा तीन विभागीय ३ टोलीसहित सात प्रदेश गरी कुल १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी १० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लब, प्रदेश नं १ र सुदुरपश्चिम प्रदेश रहेका छन् । समूह ‘बी’ मा प्रदेश नं ५ र प्रदेश नम्वर २ रहेका छन् । समूह ‘सी’ मा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश रहँदा समूह ‘डी’ मा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश रहेका छन् । प्रतियोगितामा कुल १६ खेल हुनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न ३८ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा विजेताले ३ लाख ५० हजार रुपैया हात पार्नेछन् । उपविजेताले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पार्नेछ । व्यक्तिगत विधातर्फका बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिवेरो र वेष्ट प्रशिक्षकले जनही ५–५ हजार रुपैया हात पार्नेछन् ।
यस प्रतियोगिताको अघिल्लो संस्करण रोल्पामा भएको थियो । पहिलो संस्करणमा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । पुरुषतर्फको प्रतियोगिता भने इटहरीमा सम्पन्न भैसकेको छ । नेपाल पुलिस क्लबले फाइनलमा आर्मीलाई हराउँदै च्यामिपयन बन्न सफल भएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]