default_image

7 years ago

January 15, 2019

साविकको विजेता एपिएफको विजयी सुरुवात

135 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता तथा घरेलु महिला भलिबलको पावर हाउस विभागीय नेपाल एपिएफ क्लबले पोखरामा आजबाट सुरु भएको दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको पहिलो खेलमा एपिएफले प्रदेश नम्वर १ माथि ३–० को सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । एपिएफले प्रदेश १ माथि २५–३, २५–८ र २५–३ को सहज जित निकाल्यो ।
एपिएफले गत संस्करणमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । एपिएफ वर्षको सातौ उपाधिको खोजीमा रहनेछ । एपिएफले आदी अवााधीमा मात्रै उपाधि जित्नबाट चुकेको थियो । एपिएफले यसअघि शेरबहादुर खड्का स्मृति भलिबल, सभामुख कप भलिबल, एनभिए क्लब लिग च्याम्पियनसिप, तीज कप पोखरा र एनभीए महिला भलिबलको उपाधि जितेको थियो । एपिएफले एक साताअघि मात्रै न्यु डायमन्ड कपको उपाधि जित्दै उापधि सङ्ख्या ६ बनाएको थियो ।
मंगलबारै भएको दोस्रो खेलमा प्रदेश नम्वर ५ ले प्रदेश नम्वर २ माथि २५–१०, २५–१४ र २५–८ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
प्रतियोगिता अन्तरगत आजै लिग चरणको दुई खेल हुदैछ । अहिले प्रदेश नम्वर ३ र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गरिरहेको छ । उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा एपिएफ, प्रदेश १ र सुदुरपश्चिम प्रदेश रहेको छ । समूह ‘बी’ मा प्रदेश ५, प्रदेश २ र कर्णली प्रदेश रहेको छ । समूह ‘सी’ मा आर्मी र प्रदेश तीन तथा समूह ‘डी’ मा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश रहेको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैया हात पार्नेछन् । उपविजेताले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पार्नेछ । व्यक्तिगत विधातर्फका बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिवेरो र वेष्ट प्रशिक्षकले जनही ५–५ हजार रुपैया हात पार्नेछन् ।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर वानमा प्रवेश गर्न सफल भएको छ। १ सय ४८ रनको लक्ष्य ११ ओभर ५ बलमा पुरा गर्दै रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पारेर सानदार शैलीमा क्वालिफायर वानमा पुगेको हो। विराटनगरले सुदरलाई ४ विकेटको लज्जास्पद हार चखाउन विराटनगर सफल भयो। […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.