7 years ago
January 15, 2019
पोखरा (हाम्रो खेलकुद) – प्रदेश नम्वर ३ दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह ‘सी’ को विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा प्रदेश नम्वर ३ ले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुगन सफल भएको हो ।
पराजित भएर पनि आर्मी उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो ।
अधिकांश न्यु डायमन्डका खेलाडी सम्मिलित प्रदेश ३ ले पहिलो सेटमा २५–१० को सहज जित निकालेको थियो । दोस्रो सेट भने प्रदेश ३ ले १२–२५ ले गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट प्रदेश ३ ले २५–२० र २५–१४ ले आफ्नो पक्षमा पार्न सफल भयो । आजै समूह ‘डी’ को खेलमा आयोजक गन्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबबीच खेल हुदैछ ।

आइतबारै भएको अर्काे खेलमा साविकको विजेता नेपाल एपिएफ क्लबले प्रदेश १ माथि २५–३, २५–८ र २५–३ को सहज जित निकालेको थियो । मंगलबारै भएको दोस्रो खेलमा प्रदेश नम्वर ५ ले प्रदेश नम्वर २ माथि २५–१०, २५–१४ र २५–८ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा एपिएफ, प्रदेश १ र सुदुरपश्चिम प्रदेश रहेको छ । समूह ‘बी’ मा प्रदेश ५, प्रदेश २ र कर्णली प्रदेश रहेको छ । समूह ‘सी’ मा आर्मी र प्रदेश तीन तथा समूह ‘डी’ मा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश रहेको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैया हात पार्नेछन् । उपविजेताले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पार्नेछ । व्यक्तिगत विधातर्फका बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिवेरो र वेष्ट प्रशिक्षकले जनही ५–५ हजार रुपैया हात पार्नेछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]