default_image

7 years ago

January 16, 2019

दिदीबहिनी कप महिला भलिबल माघ अन्तिम सातादेखि

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ अन्तिम सातादेखि हुने भएको छ ।


आयोजक रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करण माघ २८ गतेबाट फागुन १ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगिता ११औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सवका अवसरमा हुन लागेको हो । महोत्सव माघ २५ देखि फागुन ५ गते सम्म चल्नेछ । महोत्सव दौरान भलिबलसँगै खुल्ला दौड, डान्स आइडल, ¥याली तथा झाँकी, रत्यौली र भजन प्रतियोगितासमेत आयोजना हुने रेडियो दिदीबहिनी एफएमका अध्यक्ष कल्पना चापागाईंले जानकारी गराए ।
प्रतियोगितमा ६ टोलीको सहभातिा रहनेछ । प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको एक टोली, आयोजक दिदिबहिनी क्लबको सहभागिता लगभग निश्चित छ । यसपटक अन्य २ क्लब पनि थप हुन आयोजकले बताएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाइनेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले २ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पार्नेछन् । व्यक्तिगत विधातर्फको स्पाइकर, क्वीकर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजार रुपैया प्राप्त गर्नेछन् । भलिबल प्रतियोगिताका दौरान जन प्रतिनिधि र संचारकर्मी बीच मैत्रीपूर्ण भलिबल खेल पनि आयोजना गरिनेछ ।
यस्तै खुल्ला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रथम दिदीबहिनी डान्स आइडलको विजेताले ५० हजार रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ३० हजार रुपैया तथा तेस्रो हुनेले २० हजार रुपैया हात पार्नेछ ।
¥याली र झाँकी प्रतियोगिताको विजेताले २० हजार, दोस्रोले १५ हजार तथा तेस्रो हुनेले १२ हजार रुपैया हात पार्नेछन् । यस्तै रत्यौलीको विजेताले २५ हजार, दोस्रोले १५ हजार तथा तेस्राले १० हजार रुपैया प्राप्त गर्नेछन् ।
भजन प्रतियोगिताको विजेताले १५ हजार दोस्रो हुनेले १० हजार तथा तेस्रो हुनेले ७ हजार रुपैया हात पार्नेछन् ।

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

Success

Thank you for your time.