7 years ago
January 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाकारी गराएको छ ।

आयोजक ढोरपाटन क्लबले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगिता ५ माघबाट १९ माघसम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुनेछ ।

डबल राउन्डको आधारमा हुने प्रतियोगितामा ९ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष मनवीर छन्न्त्यालले जानकारी गराए । तर, उनले न्यु डायमण्डको विषयमा अझै पनि टुङ्गो लागि नसकेको जानकारी गराए । न्यु डायमण्डको सहभागिता नरहे ८ टोलीबीच प्रतिस्पर्धा गराइने जानकारी गराए । ‘खे कारणले उनीहरुले सहभागिता नजाउने भएको हो । हामीलाई केही पनि थाहा छैन । मलाई जहासम्म लाग्छ उनीहरुको प्रतियोगिता हाम्रो मैदानमा गर्न नदिएको रिस हुनसक्छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष छन्त्यालले भने, ‘हामीले कोसिस गरिरहेका छौं । त्यही भएर नै टाइसिट बनाएका छैनौं । न्युृ डायमन्डको आधिकारिक कुरा आएपछि हामी टाइसिट बनाउनेछौं ।
प्रतियोगिताको पहिलो दिन दुई हुनेछ । पहिलो खेलमा मकवानपुर र सेव स्कुल तथा दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र श्री गाँउ खेलकुद बिकास समिति दाङबीच खेल हुनेछ ।
एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखरा, त्रिभुवन आर्मी क्लब, चितवन टाइगर्स, श्री गाँउ खेलकुद बिकास समिति दाङ, सेव स्कुल र थाहा नगरपालिका मकवानपुरको सहभागिता रहनेछ ।
सेव स्कुलबाट तीन भारतीय खेलाडीले खेल्ने पक्का भएको र पश्चिमाञ्चल र चितवन टाइगर्सबाट पनि विदेशी खेलाडीले खेल्ने तय हुन बाँकी रहेको बताए ।
दोस्रो चरणमा ७ टोलीले स्थान बनाउनेछन् । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।
पोखराको ज्ञानुबाबा स्कुल र विभागीय नेपाल एपिएफ क्लब प्रतियोगिताको सर्वा्धिक सफल टोली टोली यि दुई टोलीले समान ५–५ पटक उपाधि जितेका छन् । ज्ञानुबावा दोस्रो देखि छैटौ संस्करण सम्म च्याम्पियन बनेको थियो । त्यसपछि सातौमा पुलिस च्याम्पियन बनेको थियो ।
त्यसपछि ११औं संस्करण सम्म एपिएफ च्याम्पियन बन्दा १२औं संस्करणमा भारतीय खेलाडी सम्मिलित रिड मोडल च्याम्पियन बनेको थियो । १३औंमा फेरि एपिएफ नै च्याम्पियन बनेको थियो । नेपाल पुलिस क्लब र रिड मोडल स्कुलले समान एक पटक उपाधि जितेका छन् । पहिलो संस्करणमा भने पुरुषको प्रतिस्पर्धा भएको थियो । जसमा आर्मीले बाजी मारेको थियो ।
प्रतियोगिताको विजेताले यसपटक ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हारजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्रप्त गर्ने आयोजकले जानकारी दिए । प्रतियोगितामा ५० लाख लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितालाई रेडबुलले मुख्य प्रायोजन तथा भिजी अटोमोवाइलको सुजुकीसँग ३ वर्षको लागि सह–प्रायोजन गरेको छ । सम्झौतामा प्रत्येक भिजी सुजुकीको स्कुटर खरिदमा ५० हजार छुट हुनेछ । प्रतियोगिताको अनुमाति रकम ५० लाख रहेको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर वानमा प्रवेश गर्न सफल भएको छ। १ सय ४८ रनको लक्ष्य ११ ओभर ५ बलमा पुरा गर्दै रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पारेर सानदार शैलीमा क्वालिफायर वानमा पुगेको हो। विराटनगरले सुदरलाई ४ विकेटको लज्जास्पद हार चखाउन विराटनगर सफल भयो। […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]