7 years ago
January 18, 2019
पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय नेपाल एपीएफ क्लब र उपविजेता अर्काे विभागीय टोली नेपाल पुलिस क्लबबीच लगातार दोस्रो वर्ष सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ ।

पोखरास्थित पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई तथा नेपाल पुलिस क्लबले प्रदेश ३ लाई पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि भिडन्त पक्का गरेका हुन् । गतवर्ष पनि यि दुई टोलीले उपाधिका लागि प्रशिस्पर्धा गरेका थिए । जसमा एपीएफ सफल भएको थियो ।
एपीएफ वर्षको सातौ उपाधिको खोजीमा रहनेछ । भने पुलिस वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । बिहीबार एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि नजिक पुगेको हो । एपीएफले पहिलो सेटमा २५–८ को सहज जित निकालेको थियो । दोस्रो सेटमा २५–१८ को सहज जित निकालेको एपीएफले तेस्रो सेट २५–११ ले सहजै जित्न सफल भयो ।

अर्काे सेमिफाइनलमा पुलिसले प्रदेश ३ लाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै एपीएफसँगको भेट पक्का ग¥यो ।
पहिलो सेट पुलिसले १८–२५ ले गुमाएको थियो । दोस्रो सेट पुलिसले २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट पुनः प्रदेश ३ ले २५–२३ ले जित्दै खेलमा अग्रता बनायो । चौथो सेट पुलिसले २७–२५ ले जित्दै खेललाई २–२ को रोमाञ्चक बनाएका थिए । निर्णायक सेटमा पुलिस १५–७ ले विजयी हुन सफल भयो । फाइनल खेल शनिबार हुनेछ । शनिबारै तेस्रो स्थानको लागि गण्डकी र प्रदेश ३ बीच खेल हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैया हात पार्नेछन् । उपविजेताले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पार्नेछ । व्यक्तिगत विधातर्फका बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिवेरो र वेष्ट प्रशिक्षकले जनही ५–५ हजार रुपैया हात पार्नेछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर वानमा प्रवेश गर्न सफल भएको छ। १ सय ४८ रनको लक्ष्य ११ ओभर ५ बलमा पुरा गर्दै रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पारेर सानदार शैलीमा क्वालिफायर वानमा पुगेको हो। विराटनगरले सुदरलाई ४ विकेटको लज्जास्पद हार चखाउन विराटनगर सफल भयो। […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]