default_image

7 years ago

January 30, 2019

न्यु डायमन्डलाई होङ्गगान्जीको १५ लाख प्रायोजन

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नैकापको न्यु डायमन्ड एकेडेमीलाई होङ्गगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ ।न्यु डायमन्डले बुधबार होङ्गगान्जी बौद्ध समाजसँग एक वर्षको लागि मुख्य प्रायोजन सम्झौता गरेको हो ।

सम्भवत नेपालको क्लब भलिबलको इतिहासमा यो नै सबैभन्दा ठुलो प्रायोजन हो । भलिबलको सम्झौतामा न्यु डायमन्ड स्पोर्टस् क्लबकी अध्यक्ष सुनकेशरी माली र होङ्गगान्जीका कन्ट्री म्यानजेर सोनाम वाङ्दी भुटियाले हस्ताक्षर गर्दै सम्झौता आदान प्रदान गरे ।

सम्झौतापछि होङ्गगान्जीले न्यु डायमन्डले आयोजना गर्ने तेस्रो संस्करणको ‘होङ्गगान्जी न्यु डायमन्ड कप’ खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो र दोस्रो पुरस्कारको ७ लख २ हजार रुपैया उपलब्ध गराउनेछ । यसका साथै खेल पोशाकका लागि आजकै मितिबाट लागु हुनेगरी ३ लाख रुपैया र अन्य विविधको ५ लाख रुपैया आवश्यकता अनुसार उपलब्ध गराउनेछ ।

तेस्रो संस्करणको होङ्गगान्जी न्यु डायमन्ड कप अर्काे वर्षको पुस अन्तिम साता हुनेछ । सम्झौतापछि न्यु डायमन्डले आफुले खेल्ने प्रतियोगिताहरुमा होङ्गवान्जी न्यु डायमन्ड’ को नामबाट खेल्नेछ । सम्झौतापछि होङ्गगान्जीका कन्ट्री डाइरेक्टर सोनाम वाङ्दी भुटियाले एक समर्थकको रुपमा न्यु डायमन्डको खेल हेन पुगेको र न्यु डायमन्डको खेल मन परेकै कारण प्रायोजना गर्न पुगेको बताए । उनले न्यु डायमन्डसँग जोडिन पाउनु खुशीको कुरा रहेको र निरन्तर न्यु डायमन्डसँगै जोडिरहन पाउनेमा आशावादी रहेको बताए ।

न्यु डायमन्डकी अध्यक्ष सुनकेशरी मालीले होङ्गगान्जी न्यु डायम्नडसँग जोडिन क्लबको लागि गौरवको विषय रहेको बताए ।
न्यु डायमन्डले यसअघि शिवम् सिमेन्टको मुख्य प्रायोजनमा पहिलो संस्करण तथा होङ्गगान्जीको मुख्य प्रायोजनमा दोस्रो संस्करण आयोजना गरिसकेको छ । पहिलो संस्करणमा न्यु डायमन्ड र दोस्रो संस्करणमा नेपाल एपीएफ च्याम्पियन बन्न सफल भएको थियो ।

पुरस्कार राशिमा बृद्धि

प्रतियोगिता संयोजक तथा न्यु डायमन्डका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राईले अर्काे वर्ष हुने तेस्रो संस्करणको प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको जानकारी गराए । जसअनुसर प्रतियोगिताको विजेताले नगद ४ लाख १ हजार रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ३ लाख १ हजार रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेले २ लाख १ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।चौथो हुनेले १ ला १हजार रुपैयासहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ ।

यो नै नेपालको सर्वाधिक धनराशिको पहिलो प्रतियोगिता बन्नेछ । यसअघि सभामुख कप महिला भलिबलको विजेताले ३ लाख ५० हजार रुपैया हात पारेको थियो ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैया प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७–७ हजार रुपैयासहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.