7 years ago
February 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रामेछाप जिल्ला खेलकुद बिकास समितिको आयोजनामा विगत तीन वर्ष निरन्तर आयोजना हुदै आएको रामेछाप सिभिल राष्ट्रिय पुरूष भलिबल च्याम्पियनसिपको चौथो संस्करण आउदो मंगलबारबाट हुने भएको छ ।

आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म रामेछाप सदरमुकाम मन्थली हुने जानकारी गराएको हो । प्रतियोगितामा प्रदेशका ७ टोली विभिन्न ५ क्लब गरी १२ टोलीले सहभागिता जनाउनेछ ।
यस प्रतियोगितामा विभागीय टोलीले सहभागिता जनाउन नपाउने भएपनि विभागमा आबद्ध खेलाडीलाई एक टिमले ३ जनासम्म खेलाउन पाउने प्रावधान राखिएको रामेशछाप जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष पुरूषोत्तम कडरियाले जानकारी गराए । यस्तै टिमले पनि ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।
अध्यक्ष कडरियाले विभागीय टोलीले नेपाली खेलकुदको बिकासमा अतुलनीय योगदान दिएको बताउदै सधै विभाग च्याम्पियन बनेको भन्दा पनि सिभिल टोलीलाई च्याम्पियन बनाउने योजना रहेको बताए । विभागका खेलाडीहरुमध्ये पोखरामा भएको चौथो आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिपको प्लेइङ सेटमा रहेका तीन खेलाडी राख्न पाउने प्रावधान छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले ३ लाख रूपैया हात पार्नेछ । यस्तै दोस्रो हुनेले २ लाख रूपैया, तेस्रो हुनेले १ लाख रूपैया र चौथो हुने टिमले ५० हजार रूपैया हात पार्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १५ हजार रूपैया हात पार्नेछन् । व्यक्तिगत विधातर्फ सर्भर, स्पाइकर, ब्लकर, लिवेरो, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रूपैया हात पार्नेछन् ।
प्रतियोगिताको अनुमानित लागत रकम ४८ लाख ५८ हजार रूपैया रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगितालाई मन्थली नगरपालिका मुख्य सह–आयोजक र मुख्य प्रायोजक रहेको छ । रामेछापका अरु १ नगरपालिका र ६ गाँउपालिका सह–आयोजक रहेको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]