default_image

7 years ago

February 3, 2019

एपीएफलाई सिजनको आठौं उपाधि

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबले यो सिजनको आठौं उपाधिको रुपमा १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

एक खेल अगावै च्याम्पियन बनेको एपीएफले आइतबार लिगको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबमाथि ३–१ को जित निकाल्दै लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो । एपीएफको यो सिजनको आठौं उपाधि हो । आदी अवादी लिगको फाइनलमा चुकेको एपीएफले यो सिजन शेरबहादुर खड्का स्मृति भलिबल, सभामुख कप, एनभीए क्लब लिग, तिज कप, एनभीए महिला भलिबल, न्यु डायमन्ड कप र सभामुख कपको उपाधि हात पारेको थियो ।

यस्तै एपीएफ ढोरपाटन भलिबल लिगको सर्वाधिक उपाधि जित्ने टोली बनेको छ । गतवर्ष उपाधि जित्दै पोखराको ज्ञानुबाबा स्कुलले राखेको कीर्तिमानलाई बराबरी गरेको एपीएफ ढोरपाटनमा छैटौ पटक च्याम्पियन बन्न सफल भएको हो । ढोरपाटन भलिबलमा अहिलेसम्म एपीएफ ६ पटक, ज्ञानुबाबा ५ पटक, नेपाल पुलिस क्लब र रिड मोडल स्कुलले समान १–१ पटक उपाधि जितेका थिए । पहिलो संस्करण पुरुषतर्फ भएको थियो । जसमा आर्मी च्याम्पियन बनेको थियो ।

नयाँ बसपार्क्स्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको खेलमा एपीएफले पहिलो सेट २५–१८ ले जितेको थियो । दोस्रो सेट २५–२० ले सहजै जितेको एपीएफले तेस्रो सेट १९–२५ ले गुमायो । तर, चौथो सेट २५–१५ ले सहजै जित्न सफल भयो । लिगमा अपराजित एक्लो टोली बनेको एपीएफले १४ खेलबाट ४२ अंक जोड्यो । दोस्रो स्थान हात पारेको पुलिसले १४ खेलबाटै ३४ अंक जोड्यो ।

आइतबारै भएको अर्काे खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखरालाई ३–१ को सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट आर्मीले २६–२४ ले आफ्नो पारेको थियो । दोस्रो सेट पश्चिमाञ्चलले २५–२० ले जितेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । तर, त्यसपछिको दुवै सेट आर्मीले २५–१२ र २५–१४ ले सहजै जित्यो । आर्मीले १४ खेलबाट ३२ अंक जोड्यो । पश्चिमाञ्चलले २२ अंक जोड्यो । सेव पाचौ, चितवन छैटौ र दाङले सातौ स्थान हात पा¥यो ।
च्याम्पियन बनेसँगै एपीएफले रनिङ शिल्डसहित ३ लाख ५० हजार रूपैया हात पा¥यो । दोस्रो भएको नेपाल पुलिस क्लबले २ लाख रूपैया प्राप्त ग¥यो । तेस्रो भएको आर्मीले १ लाख रूपैया तथा चौथो भएको पश्चिमाञ्चलले ६० हजार रूपैया हात पा¥यो । पाँचौ भएको सेवले ४० हजार, छैठौं भएको चितवनले ३० हजार तथा सातौ भएको दाङले २० हजार रूपैया प्राप्त ग¥यो ।

विजयी टिम तथा खेलाडीलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, सुजुकीका मार्के्टिङ म्यानेजर नवराज कोइराला, नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चनद र ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याल लगायतले पुरस्कृत गरे ।
गत माघ ५ गतेबाट भएको डबल लिगमा ९ टोली सहभागिता जनाएको थियो । दोस्रो राउन्डमा सात टोली प्रवेश गरेका थिए ।
सुजुकी स्कुटर जित्नेहरु
सर्वाेत्कृष्ट खेलाडीः सरस्वती चौधरी (एपीएफ)
उदियमान खेलाडीः शान्ति थारु (आर्मी)
वर्ष खेलाडीः अरुणा शाही (पश्चिमाञ्चल)
प्लेय अफ दि सिरिजः कोपिला राना (पुलिस)
भाग्यशाली दर्शकः भीम प्रसाद देवकोटा (गोरखा)

व्यक्तिगत विधातर्फका उत्कृष्टहरु
स्पाइकरः उषा भन्डारी (पुलिस)
सेटरः कमला पुन (पुलिस)
ब्लकरः सोफिया पुन (आर्मी)
क्विकरः सुनिता खड्का (आर्मी)
डिफेन्डरः शान्ति तामाङ (पुलिस)
सर्भरः नेविका चौधरी (एपीएफ)
प्रशिक्षकः ज्ञानेन्द्र विष्ट (एपीएफ)
उनीहरु सबैले समान ६–६ हजार रूपैया हात पारे ।

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

Success

Thank you for your time.