default_image

6 years ago

February 11, 2019

एपीएफ र न्यु डायमन्ड समूह विजेता

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय टोली नेपाल एपीएफ क्लब र उपविजेता होङ्गान्जी न्यु डायमन्ड एकेडेमी तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

फाइल तस्बिर

पर्वतको सदरमुकाम कुश्मामा सोमबारबाट शुरु भएको प्रतियोगितामा एपीएफ समूह ‘ए’ बाट विजेता तथा न्यु डायमन्ड समूह ‘बी’ बाट विजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफले सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।

पहिलो खेलमा आर्मीलाई २५–७, २५–२३ र २५–१५ ले सहजै पन्छाएको एपीएफले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २५–७, २५–१३ र २५–१९ ले पराजित गर्दै समूह विजेता बन्यो । यो समूहबाट पुलिस र गण्डकी प्रदेशमध्ये एक टोली सेमिफाइनलमा स्थान बनाउनेछ । यी दुई टोलीबीचको खेल मंगलबार हुनेछ ।

सोमबारै भएको अर्काे खेलमा न्यु डायमन्डले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो । एकपक्षीय बनेको खेलमा डायमन्डले पहिलो सेटमा डायमन्डले २५–१४ को सहज जित निकालेको थियो । केही रोमाञ्चक बनेको दोस्रो सेट डायमन्डले २५–२० र तेस्रो सेट २५–१५ को सहज जित निकाल्यो । पराजित भएपनि पुलिस समुह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । पुलिसले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता एपीएफसँग खेल्नेछ ।

प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाइनेछ । समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फको स्पाइकर, क्वीकर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको नवौं वार्षिकोत्सवका अवसरमा तथा ११औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगिता फागुन १ गतेसम्म चल्नेछ ।

December 13, 2024

रेकर्ड स्कोर सहित एमेच्योर सदभावलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा शुक्रवार ६-अन्डर ६२ को सानदार स्कोरमा सदभावले ‌समग्रमा १५-अन्डर २५७ सहित उपाधि जिते । साविक विजेता प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै प्रतियोगिताको रेकर्ड स्कोर सहित सदभावले करियरको चौथो उपाधि जितेका हुन्। उनले […]

December 13, 2024

हेल्प नेपाल काभा क्लब च्याम्पियन्सिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्सको क्लब एचडिसीलाई शुक्रवार ३-० को सोझो सेटले पराजित गर्दै हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँगको फाइनल भेट पक्का गरेको हो । लिग चरणमा दोस्रो भएको हेल्प नेपालले चौथो स्थानको एचडिसीलाई २५-१६,२५-१८,२५-२१ ले हराउँदै अन्तिम दुईको यात्रा […]

December 13, 2024

चितवनलाई हराउँदै विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]

Success

Thank you for your time.