7 years ago
February 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु महिला भलिबलका दुई चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल एपीएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड एकेडेमी तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधका लागि भिड्ने भएका छन् । गत संस्करण पनि यिनै दुई टोली भिड्द एपीएफले बाजी मारेको थियो ।
साविकको उपविजेता न्यु डायमन्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई तथा एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । बुधबार हुने फाइनलमा एपीएफ यो वर्षको नवौं तथा डायमन्ड पहिलो उपाधिको खोजीमा हुनेछ ।
पर्वतको सदरमुकाम कुश्मामा जारी प्रतियोगिताको सेमिफाइनल खेलमा न्यु डायमन्डले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै उपाधिनजिक पुगेको हो । न्यु डायमन्डले सुरुवाती दुई सेटमा पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । पहिलो सेट १७–२५ ले गुमाएको न्यु डायमन्डले प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तर, त्यसपछि डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो सेट डायमन्डले २५–१८ ले सहजै आफ्नो बनायो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा पनि डायमन्डले आर्मीलाई २५–२२ ले पछि पार्दै खेललाई २–२ सेटको बराबरीमा ल्याएका थिए । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्णायक सेटमा डायमन्डले १७–१५ ले खेल आफ्नो पक्षमा पार्दै आर्मीमाथि संघर्षपूर्ण जित निकाल्दै उपाधिनजिक पुग्न सफल भयो । आर्मी आजै विहान गण्डकी प्रदेशलाई २५–२२, २५–१८ र २५–२२ को सोझो सेटमा हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
त्यसअघि पहिलो सेमिफाईनलमा साविक विजेता एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा हराउदै न्यु डायमन्डसँगको उपाधि भिडन्त पक्का गर्यो । एपीएफले पुलिसमाथि २५–१४, २५–१६ र २५–१८ को सहज जित निकाल्यो । आर्मी र पुलिसबीच तेश्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फको स्पाइकर, क्वीकर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजार रुपैया प्राप्त गर्नेछन् ।
रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको नवौं बार्षिकोत्सवका अवसरमा तथा ११औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा प्रतियोगिता भएको हो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]