default_image

7 years ago

February 13, 2019

एपीएफले नवौं उपाधि जित्दा सरस्वती सर्वोकृष्ट

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पर्वतको कुश्मामा जारी दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । सिजनको नवौं उपाधि जित्ने क्रममा एपीएफका लागि सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई लगातार उपाधि दिलाइन ।

उपाधि भिडन्तमा एपीएफ क्लबले होङगान्जी न्यु डायमण्डलाई ३–१ ले हराउँदै लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । कुश्मा बजारमा बुधबार भएको फाईनल खेलमा एपीएफले डायमण्डमाथि २५–१८,२६–२४,२१–२५ र २५–२१ को जित निकाल्यो । एपीएफका कोच ज्ञानेन्द्र विष्टले स्पाईकर र ब्लकमा उत्कृष्ट प्रदर्शन गरेका कारण सफल भएको बताए । विष्टले तेश्रो सेट रिसिभ कमजोर भएका करण गुमाउनु परेको प्रितिक्रिया दिए । एपीएफले यो सिजनमा खेलेका १० प्रतियोगिता मध्य ९ पटक उपाधि जितेको छ एभिएलमा चितवर्न टाइग्रेससँग फाईनलमा पराजित भएको थियो । विजेता एपीएफले २ लाख तथ् उपविजेता डायमण्डले १ लाख रुपैयाँ प्राप्त गरे ।

डायमण्डका प्रशिक्षक कुमार राईले सबै पक्षमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिदै भने, ‘हामीले कडा प्रतिस्पर्धाका बीच सेट गुमायौं । उत्कृष्ट प्रदर्शनका बाबजुद नतिजा प्राप्त गर्न । ब्लक हाम्रो कमजोरी हो । सेटरमा पनि अनुभव कम हुँदा नतिजा हाम्रो पक्षमा आएन ।’

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि एपीएफकी सरस्वती चौधरीले जितिन् । उनले उत्कृष्ट ट्रफिसहित १० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिताको व्यक्तिगत विधामा डायमण्डले वर्चस्व जमायो । डायमण्डका प्रतिभा माली उत्कृष्ट स्पाईकर, अनिशा सुनुवार उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स, कप्तान ललिता नाथ उत्कृष्ट ब्लकर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर चुनिए । उत्कृष्ट कोचको उपाधि एपीएफका ज्ञानेन्द्र विष्टले जिते । विधागत उत्कृष्ट सबैले जनहि नगद ५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले नेपाल आर्मीमाथी ३–१ को सेटमा जित निकाल्यो । नेपाल पुलिसले पहिलो सेट २२–२५ ले गुमाए पनि दोश्रो देखि चौथो सेट लगातार २५–१८,३१–२९ र २५–१६ ले जितेको थियो । तेस्रो स्थान हात पार्ने नेपाल पुलिसले ५० हजार नगद प्राप्त गरेका छन् ।

प्रतियोगिता रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको नवौं बार्षिकोत्सव तथा एघाऔं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा संचालित भएको हो । विजयी टिम तथा खेलाडीलाई फलेवास नगर प्रमुख पदम पाणी शर्मा, सेन्चुरी कमर्सियल बैंकका गण्डकी प्रमुख शेखर राज बस्ताकोटी,आयोजक रेडियो दिदीबिहिनीकी अध्यक्ष कल्पना चापागाईलगायतले पुरस्कृत गरेका थिए ।

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

Success

Thank you for your time.