default_image

7 years ago

March 25, 2019

एपीएफ र न्यु डायमन्ड विजयी

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा सोमबारबाट शुरु भएको सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा उपाधिको दावेदार विभागीय नेपाल एपीएफ क्लब र होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले विजयी शुरुवात गरेको छ ।

हल्चोकस्थित एपीएफको भलिबल कोर्टमा सोमबार भएको खेलमा नेपाल एपीएफ क्लवले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । एकपक्षीय खेलमा एपीएफले पहिलो सेट २५–१७ ले सहजै आफ्नो बनाएको थियो । दोस्रो सेट २५–१३ ले जित्दा तेस्रो सेट एपीएफले २५–२० ले सहजै जित्न सफल भयो ।

सोमबारै भएको अर्काे खेलमा होङग्वान्जी न्यु डायमन्डले विभागीय नेपाल पुलिस क्लबलाई ३–१ ले हरायो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा डायमन्ड २५–२३ ले विजयी भएको थियो । दोस्रो सेट भने डायमन्डले १४–२५ ले गुमायो । तर, त्यसपछिको दुवै सेट डायमन्डले २५–१५ र २५–१५ ले पराजित गर्न सफल भयो ।

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

Success

Thank you for your time.