default_image

7 years ago

April 12, 2019

‘पछिल्लो कार्यकालमा धेरै सिके’ – अध्यक्ष शाह

167 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

पूर्व सांसद राजीव विक्रम शाह दोस्रो पटक नेपाल एथलेटिक्स संघको अध्यक्षमा निर्वाचित भएपछि केहि विरोधमा देखिएका छन् भने उनी आफ्नो नयाँ कार्यकालको योजना बनाउन थालेका छन् । निर्वाचनलाई लिएर केहि विवाद चलिरहेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वीकृति र एथलेटिक्सको अन्तर्राष्ट्रिय प्रतिनिधिको रोहवरमा यसै साता साधारण सभा भएको थियो । त्यसैले पछिल्लो विवादले धेरै अर्थ नराख्न सक्छ ।

तर, दोस्रो कार्यकाल शाह आफ्नै लागि भने चुनौतिपूर्ण रहेको स्वयम स्वीकार्छन् । पाँच वर्षअघि पहिलो पटक संघको अध्यक्षमा निर्वाचित हुँदा उनलाई शंकाको लाभ थियो । संघ चलाउने धेरै अनुभव छैन, जाजरकोटबाट जननिर्वाचित प्रतिनिधि भएका नाताले धेरै समय दिन पाउँदिन भन्दा संघका पदाधिकारीले सहजतापूर्वक लिएका थिए । तर, अब परिस्थिति बलदिएको छ ।

लामो समय एथलेटिक्स संघले सोचे अनुरुपको काम गर्न नसकेकाले शाहको आगमनपछि केहि परिवर्तनको अपेक्षा गरिएको थियो । तर, परिणाम त्यस्तो भएन । केहि समय सामान्य ढंगमा संघ चलेपनि पछि पदाधिकारीबीच विवाद बढ्दै गयो र संघ विस्तारै आन्तरिक रुपमा कमजोर हुन थाल्यो ।

खेलाडी अविभावक विहिन भए भने पदाधिकारी वा अन्य आफुखुसी चल्ने अवस्था बन्यो । एउटा समूहले साथ दिएपनि शाहले संघलाई विवादरहित बनाउन सकेनन् । उनी विवादमा घेरिरहे, त्यसबाट बाहिर निस्कन सकेनन् । उनी भन्छन् , ‘यो अवधिमा निकै पापड पेलाई भयो । चर्को विरोधको सामना गरियो । संघ भित्र गुट उपगुट भयो । जसका कारण काम गर्न कठिन भयो ।’

चितवनको सौराहामा यसै साता भएको साधारण सभाले उनलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो । अब आउने चार वर्ष भने आफ्नालाई सहज नहुने र केहि गरेर देखाउने चुनौति रहेको शाह बताउँछन् । ‘पहिलो कार्यकालमा मलाई पनि धेरै अनुभव थिएन । मैले समय पनि दिन सकिन । अबको कार्यकाल पुरै एथलेटिक्समा समय दिनेछु,’ ५१ वर्षे शाहको प्रतिवद्धता छ,‘ एथलेटिक्सको विकासका लागि योजनावद्ध  ढंगले अघि बढ्ने र सबैलाई मिलाएर लिएर जाने प्रयास गर्नेछु ।’

राखेपका तत्कालिन सदस्य सचिव किशोरबहादुर सिंह एथलेटिक्स संघको अध्यक्ष रहँदा शाह त्यो समितिका वरिष्ठ उपाध्यक्ष थिए । झन्डै आठ महिनाको कार्यकालमा त्यो समितिले एथलेटिक्समा थुप्रै प्रतियोगिता आयोजना गरेको थियो । त्यति बेला नेतृत्वदायी भूमिका निर्वाह गरेकी कारण शाहलाई एथलेटिक्स परिवारले पाँच वर्षअघि अध्यक्षका रुपमा पत्याएको थियो ।

अहिले आइपुग्दा उनी पनि एथलेटिक्समा बलियो नेताका रुपमा उभिन सफल छन् । साधारण सभामा उनलाई चुनौति दिने अर्को कोहि निस्केन । जिल्लाको मजबुत साथ पाएकै कारण उनी दोस्रो पटक अध्यक्ष निर्वाचित हुन सफल भएका हुन् भन्ने धेरैको बुझाई छ । यद्दपी संघको निर्वाचन प्रक्रियालाई लिएर टिका टिप्पणी हुन छाडिसकेको छैन ।

अध्यक्ष शाहले आउने दिनमा खेलाडीको प्रशिक्षक, प्रतियोगिता, प्रशिक्षकलाई पुनर्ताजगी तालिम र चुस्त व्यवस्थापनमा ध्यान दिने योजना बनाएका छन् । ‘अब हामी क्यालेन्डर बनाएर त्यहि अनुरुप प्रतियोगिताहरु गर्नेछौं । एथलेटिक्सका सबै प्रतियोगितालाई व्यवस्थित र संघको स्वीकृति लिन अनिवार्य गर्नेछौं,’ उनले भने,‘ खेलाडी, प्रशिक्षक र अरुको सहजताका लागि अफिसको राम्रो व्यवस्थापन गर्नेछौं । अल्पकालिन र दीर्घकालिन योजनाका साथ अघि बढ्ने हाम्रो प्रयास हुनेछ ।’

शाहले एथलेटिक्सका सरोकारवाला सबैलाई अनावश्यक राजनीतिमा नलाग्न आग्रह गर्दै एथलेटिक्स विकासमा साथ दिन खोजे समेटेर लाने विश्वास दिलाएका छन् । ‘कुनै पनि संघ एक्लै चल्दैन । हरेक मान्छेसँग अलग खालको क्षमता हुन्छ । सबैलाई कार्यसमितिमा समेट्न पनि सकिन्न,’ उनले थपे,‘ तर हामी विभिन्न समिति गठन गर्छौ । त्यसमा काम गर्न इच्छुक र क्षमता भएका लागि हामी समेट्नेछौं । विवादले विकास होइन विनाश तिर धकेल्छ । त्यसले कसैलाई फाइदा गर्दैन । ’

विगतमा पनि भारतको एथलेटिक्स संघको सहयोगमा खेलाडी प्रशिक्षणको व्यवस्था मिलाएको स्मरण गर्दै शाहले आउने दिनमा पनि त्यो सहयोग लिन प्रयास गर्ने बताए । ‘हाम्रो लागि सहयोग लिन भारत सबैभन्दा सहज हुन्छ । विगतको अनुभवले पनि त्यहि भन्छ । खेलाडीहरुलाई भाषा, रहनसहन, खानपानले पनि धेरै फरक पार्दैन,’ उनले भने,‘ भारतमा प्रशिक्षण लिएका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो गरेका छन् । हामीसँग सबै खाले भौतिक पूर्वाधार छैन । त्यसले खेलाडीको प्रशिक्षणका लागि भारतलगायतका अन्य देशको सहयोग लिन पहल गर्नेछौं ।’

अध्यक्ष शाहले ७ प्रदेशमा वर्षमा कुनै न कुनै एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने लक्ष्य आफुले लिएको पनि बताएका छन् । ‘कुनै पनि खेलको विकासका लागि तल्लो तहबाट पहल हुनुपर्दछ । हामी पनि प्रदेशलाई क्रियाशील बनाउनेछौं,’ उनले थपे,‘ हरेक प्रदेशमा एथलेटिक्सको कुनै न कुनै प्रतियोगिता गर्ने गरि काम गर्नेछौं । ’

नेपालको खेलकुद विकासका लागि सबैभन्दा बढी चुनौति आर्थिक कारणले हुने शाहको बुझाई छ । ‘राखेपले दिने सहयोग र अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने सहयोग रकम निकै कम छ । त्यसले खेल विकासका लागि पर्याप्त हुँदैन, उनले भने,‘ आउने दिनमा हामी संघको आर्थिक श्रोत बढाउनका कर्पोरेट हाउसहरुसँग सहकार्य गर्नेछौं । एथलेटिक्समा लगानी गर्ने वातावरण बनाउनेछौं । हामीले खेलाडीको विमाको योजना पनि सुरु गर्ने लक्ष्य राखेका छौं ।’

शाहले दोस्रो कार्यकाललाई नमुना योग्य बनाउने गरि काम गर्ने दृढता व्यक्त गरेका छन् । ‘अबको कार्यकाललाई नमुना योग्य बनाउने गरि काम गर्नेछु,’ उनले भने,‘ मेरो लागि दोस्रो कार्यकाल अवसर र चुनौति दुवै हो । म यसमा खरो उत्रने प्रयास गर्नेछु । मलाई विश्वास गर्नुहोस् केहि वर्षमा नेपालको एथलेटिक्समा देखिने गरि परिवर्तन हुनेछ । ’

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.