7 years ago
April 17, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले दोहोरो सफलता हात पारेका छन् ।

बुधबारदेखि सुरु भएको भलिबलमा आर्मी र गण्डकीले पुरुष र महिलामा दोहोरो जित हात पारेको हो । यस्तै नेपाल पुलिस क्लबले पनि दोहोरो सफलता हात पार्यो । बाँकेको खजुरामा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश २ माथि ३–० को सहज जित निकाल्यो । एकोहोरो बनेको खेलमा आर्मीे प्रदेश २ लाई २५–१५, २५–९ र २५–९ ले सहजै पाखा लगायो । महिलामा आर्मीले प्रदेश ५ लाई २५–७, २५–९ र २५–१० ले हरायो ।
पुरुषतर्फ गण्डकीले प्रदेश ३ लाई ३–० को सोझो सेटमा पराजित गर्दा महिलामा पनि गण्डकीले प्रदेश २ लाई ३–० कै सोझो सेटमा हरायो ।
पुरुषमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट गण्डकीले ३०–२८ ले आफ्नो पक्षमा पारेपनि दोस्रो र तेस्रो सेट क्रमशः २५–१२ र २५–१८ ले जित्न सफल भयो । महिलामा गण्डकीले प्रदेश २ लाई २५–६, २५–७ र २५–९ ले हरायो ।

पुरुषतर्फ अर्काे खेलमा नेपाल एपीएफ क्लबले प्रदेश १ लाई २५–१५, २७–२५ र २५–१५ ले तथा नेपाल पुलिस क्लबले प्रदेश ५ लाई २५–१७, २५–२१ र २५–१७ ले हरायो । महिलातर्फ नेपाल पुलिस क्लबले प्रदेश १ माथि २५–१३, २५–११ र २५–११ को सहज जित निकाल्यो । महिलामा प्रदेश ५ ले प्रदेश ७ लाई २५–२२, २५–११ र २५–१९ को सहज जित निकाल्यो ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]