7 years ago
April 18, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको अनन्तः बिहीबार औपचारिक उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ नेपालगन्ज रंगशालामा उद्घाटन गरेसँगै दुई दशकभन्दा लामो समयपछि नेपालगन्जमा राष्ट्रिय खेलकुद सरु भएको छ । यसअघि २०५४ मा चौथो राष्ट्रिय खेलकुद नेपालगन्जमा आयोजना भएको थियो ।

दुई घन्टा भन्दा समय सम्म चलेको उद्घाटन सत्रमा सहभागी ११ टोलीका खेलाडीले मार्च पास गर्नुका साथै स्थानिय विभिन्न संस्थाबाट झाकी प्रदर्शन गरिएको थियो । खेलकुदमा ७ प्रदेश , ३ विभाग (नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल) र एनआरएनको टोलीको सहभागिता रहेको छ । देश संघियतामा गएयता राष्ट्रिय खेलकुद पहिलोपटक आयोजना भएको हो । त्यसैले पहिलोपटक प्रदेश टोलीको सहभागिता रहेको छ । एनआरएन टोलीलाई पनि पहिलो पटक सहभागि हुने मौका दिइएको छ । एनआरएनले ९ खेलमा २४ खेलाडीलाई व्यक्तिगत स्पर्धामा उतारेको छ ।
राष्ट्रपति भण्डारीले खेलकुदको विकासका लागि विद्यालयस्तरदेखि नै ध्यान दिनु पर्नेमा जोड दिइन् । स्थानीय तहले खेलकुदको विकासका लागि ध्यान दिनु, सुखी नेपाली, समृद्ध नेपालको अभियानमा खेलकुदले अहम भूमिका खेल्ने बताउदै राष्ट्रपति भण्डारीले खेलाडीको बृत्ति विकासमा ध्यान दिनु पर्ने बताइन् ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न चुनौती र प्रतिकूलताका बाबजुद आठौंलाई निर्धारित समयमा गर्न सकिएको बताए । उनले खेलकुदको विकास नभई समृद्ध नेपालको परिकल्पना गर्न नसकिनेमा जोड दिए । ‘पेशा, व्यवसाय, उद्योगको रुपमा खेललाई विकास गर्नुपर्छ। खेल पर्यटनको माध्यमबाट अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहन्छ’, खेलकुदमन्त्री विश्वकर्माले भने, खेलकुदमा लगानी बढाउन आवश्यक छ ।’
५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खेलले सामुहिकता, मिलजुलको संस्कृति र राष्ट्रिय भावनाको जगाउने भएकाले प्राथमिकता दिनु पर्ने बताए। उनले प्रदेशका एक सय नौ वटै पालिकामा खेल मैदानको अवधारणा लिएर अघि बढेको जानकारी दिए । राखेपका सदस्य सचिव केशवकुमार विष्टले आठौंका लागि बनेका अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारले प्रतिभा जन्माउन मद्दत र्पुयाउने विश्वास गरे ।

औपचारिक उद्घाटन बिहीबार भएपनि विभिन्न प्रतियोगिता चैत २७ गतेबाट सुरु भएको थियो । ३५ मध्ये १५ खेल बिहीबार सम्म सकिएका छन् । नेपालगञ्जलाई केन्द्रविन्दुमा राखेर आयोजना भएको राष्ट्रिय खेलकुदका खेल बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलबस्तुमा आयोजना भइरहेका छन् । युथ ओलम्पियन जुडो खेलाडी सोनु भट्ट र निर्णायकका तर्फबाट भारोत्तोलनका समसुद्दिन सिद्धिकीले शपथ लिएका थिए ।
राष्ट्रिय खेलकुदका लागि नेपालगञ्जमा रंगशालामा पोर्टेबल भिआइपी प्यारापिट निर्माण गरिएको छ । त्यस्तै मैदानमा बर्मुडा घाँस रोपिएको छ । सोही मैदानमा विभिन्न स्थानिय झाँकी, जातजातीका सांस्कृतिक पहिचान झल्किने पहिरन, नाच प्रदर्शन गरिएको थियो । उद्घाटनको अन्त्यमा जोडदार आतिसबाजी गरिएको थियो ।

१३ ओलम्पियनहरुले ओलम्पिक टर्च दौडमा भाग लिएका थिए भने प्रदेश सांसद समेत रहेका ओलम्पियन सुरेन्द्र हमालले ओलम्पिक टर्चमार्फत आठौं राष्ट्रिय खेलकुदको दीप प्रज्वलन गरेका थिए । २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद २०४० र २०४२ मा प्रत्येक दुई वर्षमा आयोजना भएको थियो । तर, त्यसपछि भने निर्धारित २ वर्षमा राष्ट्रिय खेल हुन सकेन । २०५४ मा चौथो, २०६५ मा पाँचौं, २०६८ मा छैटौं र २०७३ मा सातौं राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]