default_image

7 years ago

April 20, 2019

आर्मी प्रदेश ३ सँग पराजित, पुरुषमा पुलिसले एपीएफलाई हरायो

169 views

0 Bookmark

खजुरा (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार भएको समूह चरणका खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई ३-२ ले पराजित गरेको छ ।

पहिलो सेटमा २५-२१ ले पराजित भएको पुलिसले दोस्रो सेटमा ३१-२९ र तेस्रोमा २५-१८ को जित दर्ता गर्यो । चौथो सेटमा भने एपीएफले २५-२२ को जित दर्ता गर्दै खेलमा पुनरागमन गर्यो । पाँचौ सेटमा पुलिस १५-१३ ले विजयी हुँदै अपराजित यात्रा कायम राख्यो । पुरुषतर्फ अन्य खेलमा प्रदेश १ ले प्रदेश ७ लाई २५-१४, १७-२५, २५-१८, २५-१२ ले पराजित गर्यो । प्रदेश ६ ले प्रदेश २ माथि २३-२५, ३३-३५, २५-१८, २५०१८, १५-१० ले हरायो ।

यसैगरी महिलातर्फ प्रदेश ३ ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० ले हरायो । प्रदेश ३ २५-२०, २५-२१, २५-१० ले विजयी भयो । एपीएफले प्रदेश ५ लाई सोझो सेटमा हराउँदा प्रदेश ६ ले प्रदेश २ लाई २३-२५, २५-१८, २५-२३, २५-९ ले हरायो । प्रदेश १ ले प्रदेश ७ लाई पाँचौ सेटसम्म लम्बिएको खेलमा २५-२१, २१-२५, २५-१३, १८-२५, १५-१२ ले पाखा लगायो ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.