7 years ago
April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्याष्टिक प्रतियोगितामा एपिएफका राजु राईले ५ वटा स्वर्ण पदक जितेका छन् । राजुले थप एक रजत पदक पनि जिते । पूर्वाञ्चलमा दुई वर्षअघि भएको सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए ।

नेपालगन्ज कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते । एपिएफका दिनेश सुनुवार दोश्रो तथा प्रदेश ३ का उज्ज्वल तिवारी तेश्रो भए ।
भल्टिङ टेबलमा राजुले रजतमा चित्त बुझाउदा प्रदेश ३ का उज्ज्वल तिवारीले ७.२५ अंक जोड्दै स्वर्ण पदक जितेका छन् । प्रदेश ३ कै त्रिदेव गिरीले कास्य पदक जिते ।
प्यारलल् बारमा राजु ७.४ अंकसाथ शीर्ष स्थानमा रहे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोश्रो तथा जितेन्द्र चौधरी तेश्रो भए । पोमेल हर्समा पहिलो भएका राजुले ५.९० अंक जोडे । एपिएफकै रिकेश तामाङ दोश्रो तथा प्रदेश ३ का त्रिदेव गिरी तेश्रो भए ।
अलराउन्डमा पहिलो स्थान हात पारेका राजुले २६.९० अंक प्राप्त गरे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोश्रो तथा एपिएफका विष्णु बाटा तेश्रो भए । राजुले थप एक स्वर्ण टिम इभेन्टमा जिते ।
राजुसहितको रिकेश तामाङ, रमेश श्रेष्ठ, श्रीकृष्ण खरबुजा, दिनेश सुनुवार र विष्णु बाटाको टोलीले ११०।६० अंक जोड्दै स्वर्ण जितेको हो । प्रदेश ३ दोश्रो तथा प्रदेश ७ तेश्रो भए ।
महिलाको टिम इभेन्टमा प्रदेशले स्वर्ण हात पा¥यो । प्रदेश ३ का तारा सिवाकोटी, जेनिसा थापा, प्रकृति थापा मगर, रिजु रन्जित, सौभाग्य कोजु र सविक्षा सुवालको टोलीले ४८।५७५ अंक जोडे । एपीएफ दोश्रो तथा प्रदेश ७ र प्रदेश ५ तेश्रो भए ।
एपिएफकी पिंकी झाङले दोहोरो स्वर्ण चुमिन् । पिंकीले महिला भल्टिङमा ७।७० अंक जोडिन् । प्रदेश ३ की तारा सिवाकोटी दोश्रो तथा आर्मीकी विदिशा न्यौपाने तेश्रो भए । पिंकीले फ्लोर स्पर्धामा अर्को स्वर्ण चुमिन् । प्रदेश ३ की तारा सिवाकोटी र आर्मीकी विदिशा न्यौपाने तेश्रो भए ।
महिला अलराउन्डमा प्रदेश ३ की तारा सिवाकोटी पहिलो भइन् । ताराले १६।९५ अंक हासिल गरिन् । एपिएफकी लुमिला मानन्धर दोश्रो तथा प्रदेश ३ की प्रकृति थापा मगर तेश्रो भए । पुरुषको १९ औं तथा महिलाको सातौंं राष्ट्रिय प्रतियोगिता हो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]