10 years ago
May 14, 2016
आकांक्षी मध्ये उपाध्यक्षबाट ४ र सदस्यबाट ९ जनाले उम्मेदवारी फिर्ता लिएपछि नेपाल भलिबल संघमा सबै निर्वारोध निर्वाचित भएका छन् ।
सातौं साधारण सभाको पहिलो दिन अध्यक्ष मनोरञ्जन रमण शर्मासहित महासचिव, ७ सचिव र कोषध्यक्ष निर्विरोध चुनिएका थिए । शनिबार उम्मेदवारी फिर्ता भएपनि पाँच उपाध्यक्षमा याम बहादुर गुरुङ,उपेन्द्र कुमार यादव,निरोज मास्के,ऐन बहादुर शाही र हरक सिंह धामी निर्वीरोध चुनिए । महासचिवको जिम्मेवारी पूनः जितेन्द्र बहादुर चन्दले पाएका छन् । सचिवमा नेपाली राष्ट्रिय भलिबल टोलीका सहायक प्रशिक्षक समेत रहेका जगदिश भटृ,श्याम कृष्ण श्रेष्ठ,मनविर छन्त्याल,रामनाथ भण्डारी,भीम ओली,डम्बर बहादुर नेपाली र मदन खड्का छानिए । कोषाध्यक्षमा सुन केशरी मालीको मात्र उम्मेदवारी परेको थियो । भलिबलमा अब महिला दुई पदाधिकारी बनेका छन् । यसअघि मास्केमात्र पदाधिकारीमा थिइन् । सघंको सदस्यमा गौतम प्रसाद लासिभा,गणेश ठगुन्ना,ज्योती के.सी,राज कुमार गुरुङ,श्रीधर शर्मा,सोम बहादुर श्रेष्ठ,जुनू पुन मगर,दिपक जिएम,किशोर कुमार आचार्य र मोहम्मद फिरोज चयन भए ।
संघले अब २ उपाध्यक्ष, ९ सदस्य मनोनित गर्नेछ । ३९ सदस्य समितिमा राखेपकातर्फबाट दुई सदस्य मनोनित हुने छन् भने निर्वतमान अध्यक्ष स्वतः सदस्य हुनेछन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]