7 years ago
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोलीकी महत्त्वपुर्ण सदस्य तथा ओपन स्पाइकर निरुता ठगुन्नाले नेपाली सेनाको जागिर छाडेका छिन् ।

निरुताले आफ्नो घरायसी समस्या र व्यक्तिगत कारणले आर्मी छाड्नुपरेको हाम्रो खेलकुदलाई जानकारी गराइन् । पछिल्लो दुई वर्षयता निरुता आर्मीको महिला भलिबल टोलीकी महत्वपुर्ण ओपन स्पाइकर बनेकी थिइन् । उनले शेरबहादुर खड्का मेमोरियल खुल्ला महिला भलिबल प्रतियोगितापछि आर्मी छाड्ने निर्णय गर्दै हेडक्वाटरमा राजिनामा पत्र बुझाइसकेको बताइन् ।
निरुताको राजीनामा स्वीकृत नभएपनि उनी १२ दिनभन्दा बढी गयल भइसकेकी छन् । ‘जागिर खाने इच्छा त थियो तर घरायसी समस्याका कारण आर्मीका जागिरे भइरहन सकिन । त्यसैले राजिनामा बुझाएको छु । जागिर खाने नखाने आफ्नो इच्छा हुन्छ । खेलाडी भएको कारण राजीनामा स्वीकृत गराउन आनाकानी गरेको हुन सक्छ । स्वीकृत हुनेमा विश्वस्त छु,’ निरुताले भनिन् ।
‘नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रिय टोलीको प्रारम्भिक २५ सदस्यीय टोलीमा परेकी छु । प्रशिक्षण असार पहिलो साताबाट हुने भन्ने सुनेकी छु प्रशिक्षणलाई आउनेछु । टोलीमा पर्न कडा मिहेनत गर्नेछु । घरेलु भुमिमा राष्ट्रिय टोलीमा रहेर खेल्ने ठुलो इच्छा छ,’ उनले थपिन् ।

आर्मी छाडेपनि तत्काल कुनैपनि टोलीबाट खेल्न मनसाय नबनाएको निरुताले बताइन् । ‘अहिले कुनैपनि टोलीबाट खेल्ने मनसाय बनाएको छैन । खेल्न पनि मिल्दैन होला । मेरो खेल्ने इच्छा पनि छैन । सायद भलिबल नै छाड्न पो सक्छु कि ?’ दार्चुलाकी २१ वर्षीय निरुताले भनिन्, ‘म आर्मीमै आएर आफ्नो खेल सुधार गरेको हु । यहाँ सम्म ल्याउन सहयोग गर्नुहुने आर्मी क्लब र सबै गुरुहरुलाई सम्झन चहान्छु । उनीहरुकै कारण म यहाँसम्म आएकी हु । खेल्ने इच्छा पलाए कोर्ट फर्कन्छु । तर, यो सम्भावना न्युन छ ।’
२०७३ को सातौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै भलिबलमा प्रवेश गरेकी उनी सोही वर्ष नै आर्मीमा करारमा आर्मीमा भर्ना भएकी थिइन् । उनलाई त्यतिबेला आर्मीका प्रशिक्षक जगदिश भट्ट र लोकेश बुढाले आर्मीमा करारमा अनुबन्ध गरेका थिए । एकवर्षे करारपछि उनी आर्मीका स्थायी जागिरे भएकी थिइन् । दुई वर्षे अवधिमा उनले आर्मीको महिला भलिबल टोलीलाई माथिल्लो स्तरसम्म ल्याएकी थिइन् ।
निरुताले पछिल्लोपटक आर्मीबाट लगनखेलमा आयोजना भएको शेरबहादुर खड्का मेमोरियल खुल्ला भलिबल प्रतियोगिता खेलेकी थिइन् । उनले उक्त प्रतियोगितामा विशेष सम्मान पनि प्राप्त गरेकी थिइन् । त्यसअघि निरुताले प्रदेश ५ मा आयोजना भएको आठौं बृहत् राष्ट्रिय खेलकुदमा आर्मीबाट खेलेकी थिइन् ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]