7 years ago
June 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन त्रिभुवन आर्मी क्लबका भैरव बम चौथो संस्करणको प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

आर्मीलाई लगातार चौथोपटक च्याम्पियन बनाउन भैरवले उच्च प्रदर्शन गरेका थिए । फाइनलमा आर्मीले गण्डकीलाई ३-१ ले पराजित गर्दा भैरवले महत्त्वपूर्ण भूमिका निर्वाह गरे । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेसँगै भैरवले एक थान पल्सर मोटरसाइकल हात पारे । उनलाई प्रतियोगिताको मुख्य प्रायोजक हंसराज हुलासचन्द बजाजकी सहायक निर्देशक पुनम सिंहले मोटरसाइकलको चावी हस्तान्तरण गरिन् ।
व्यक्तिगत विधातर्फपनि आर्मीले वर्चस्व जमायो । आर्मीका इश्वर थापा उत्कृष्ट ब्लकर, दुर्गा प्रसाद महतो उत्कृष्ट सेटर र हरि अधिकारी उत्कृष्ट ब्लकर चुनिए । आर्मीका कपिल किशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । गण्डकीका याम क्षेत्री उत्कृष्ट स्पाइकर र पुलिसका कुल बहादुर थापा उत्कृष्ट सर्भर चुनिए । उनीहरुले समान १० हजार रुपैयाँ पाए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]