7 years ago
June 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षकमा नेदरल्यान्डका पुर्व खेलाडी तथा प्रशिक्षक हान एबिङ नियुक्त भएका छन् ।

नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड भलिबल संघको सहयोगमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्यान्डका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई मुख्य प्रशिक्षकको रुपमा नेपाल पठाएको हो । उनको सम्झौता ३ महिनाको रहेको छ । उनले मासिक झन्डै ५ लाख रुपैयाँ पारिश्रमिक रहेको छ । उनी नेपाल रहँदाको तलब एफआइबीभीले बेहोर्नेछ ।
प्रशिक्षक एबिङ असारको पहिलो साता नेपाल आउने संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए । नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै हानले नेपाललाई सेन्ट्रल जोन भलिबलमा स्वर्ण पदक जिताउने लक्ष्य रहेको सुनाएको महासचिव चन्दले बताए । उनले नेपालमै साउन अन्तिम साता आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपसम्म नेपालको टोलीलाई सम्हाल्नेछन् ।

प्रशिक्षणमा २५ वर्ष लामो प्रशिक्षण अनुभव बटुलिसकेको ५८ वर्षीय हान ७ वर्षभन्दा १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षक रहेका थिए । २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको मुख्य प्रशिक्षक रहेका उनले २००८ मा जर्मन कपको उपाधि दिलाएका थिए ।
सन् २००८ देखि २०१३ सम्म जर्मनको महिला यू–२० टिमको प्रशिक्षक रहेका उनी २०१४ देखि २०१५ सम्म नेदरल्याण्डसको यू–२१ टिमको मुख्य प्रशिक्षक रहेका थिए । २०१५ देखि २०१६ सम्म एक बर्ष स्विट्जरल्याण्ड भलिबल टिमको मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि उनी २०१६ देखि २०१८ सम्म सुल भलिबलको प्रशिक्षक रहेका थिए ।
नेपाल भलिबल संघले सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप र आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि पुरुष र महिलामा समान २५–२५ खेलाडीको प्रारम्भिक टोली सम्मिलित छनोट गरेको छ । हान नेपाल आएसँगै असार पहिलो साताबाटै नेपालको प्रशिक्षण शुरु हुनेछ ।
भलिबल टोली :
पुरुष टोलीमा : मानबहादुर राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमै परेनन्
महिला टोलीमा : कप्तान विनिता र उपकप्तान मन्जु प्रारम्भिक छनोटबाटै बाहिरिए
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]