6 years ago
June 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले आगामी साउन अन्तिम साता सुरु हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि तयारी सुरु गरिसकेको छ ।

यसैक्रममा ओलम्पिक दिवसको अवसर पारेर शनिबार राष्ट्रिय टोलीलाई ‘रातो’ र ‘नीलो’ टोलीमा विभाजन गरेर मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाल भलिबल संघले आयोजना गर्न लागेको खेलमा राष्ट्रिय टोलीका खेलाडी दुई टोलीमा विभाजन हुनेछन् । खेल लगनखेलस्थित आर्मीको कभर्ड हलमा शनिबार दिउँसो १:३० बजे हुनेछ ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार सम्भावित नेपाल रातोको कप्तानमा राष्ट्रिय टोलीका कप्तान इम रानामगर र सम्भावित नेपाल नीलोको कप्तानमा राष्ट्रिय टोलीका उपकप्तान कुल बहादुर थापा रहनेछन् ।
खेलको प्रत्यक्ष प्रसारण हाम्रोखेलकुद डट कमले गर्नेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]