default_image

6 years ago

July 18, 2019

नेपालले भारतसँग तीन मैत्रीपुर्ण खेल खेल्ने

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले साउन अन्तिम साता नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका तयारीका रुपमाभारतसँग तीन मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

फाइल तस्बिर

नेपाल भलिबल संघले भारतसँग यही साउन ९, १० र ११ गते तीन मैत्रीपुर्ण खेल खेल्ने तय भएको जानकारी गराएको छ । संघले एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजना गर्न उल्लेख गरेको छ । खेल लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुनेछ । नेपाली टोली अहिले सोही प्रतियोगिताको लागि दैनिक प्रशिक्षणमा व्यस्त रहेको छ । दोस्रो चरणमा १८ सदस्यीय टोलीले लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा प्रशिक्षण गरिरहेको छ ।

नेपाल भलिबल संघले गठन गरेको ५ सदस्यीय खेलाडी छनोट समितिले प्रारम्भिक चरणमा २५ खेलाडीको नामावली संघलाई पठाएको थियो । डच प्रशिक्षक हान एबिङले दोस्रो चरणमा गत असार १९ गते १८ खेलाडी छनोट गरिसकेका छन् । साउन तेस्रो या चौथो साता अन्तिम १२ सदस्यीय टोलीले टुङ्गो लाग्ने संघले जनाएको छ । एभीसी सेन्ट्रल जोन साउन ३२ गतेबाट भदौ ८ गतेसम्म सञ्चालन हुदैछ । च्याम्पियसिपमा ७ राष्ट्रले सहभागीता जनाउने छन् ।

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक विकेट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदर विरूद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक विकेट लिए। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदुरका कप्तान तथा भरपर्दा खेलाडी […]

December 13, 2025

फाइनलमा सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सको सामना लुम्बिनी लायन्सले गर्दैछ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। लुम्बिनीले आज प्लेइङमा एक खेलाडी परिवर्तन गरेको छ। जेजे स्मिथको स्थानमा मोभिन सुभासिंहालाई मौका दिइएको छ। सुदूरपश्चिमले आज २ परिवर्तन गरेको […]

December 13, 2025

एनपिएलको क्लाइमेक्स आज – सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली खेलको सबैभन्दा ठूलो घरेलु इभेन्टका रुपमा आफूलाई स्थापित गरिसकेको छ। एनपिएलमा भएको लगानी, कीर्तिपुरस्थित टियु क्रिकेट मैदानबाट रंगशालामा परिणत हुँदै पहिलो पटक फ्लाइट र कुर्सी, व्यवस्थापन र अन्तर्राष्ट्रिय चर्चा यसका सफल पाटा हुन् । त्यसमा केही विवाद र आलोचनाका गर्ने विषय पनि छन् नै । तर, […]

Success

Thank you for your time.