default_image

10 years ago

June 3, 2016

विवादित बक्सिङ संघमा नयाँ मोड, श्रेष्ठले उम्मेदवारी नदिने

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साधारण सभा नजिकिदै गर्दा नेपाल बक्सिङ संघको समिकरणले नयाँ मोड लिएको छ । संघका अध्यक्ष राजीव श्रेष्ठले पुनः अध्यक्षको चुनावी प्रतिस्पर्धाबाट आफुलाई अलग राखेपछि अर्का आकंक्षी राम अवालले नेतृत्व लिने बाटो सहज हुने देखिएको छ । यद्दपी शनिबार साधारण सभाकै बीच नयाँ समिकरण पनि बन्न सक्ने सम्भावना भने रहेको बताइन्छ ।

नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठ

नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठ

अवालले ललितपुर जिल्ला बक्सिङका अध्यक्ष हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पा श्रेष्ठको विपक्षीमा रहेका कारण उनी पछि हटेको बताइन्छ । श्रेष्ठ एनओसीका सह महासचिव हुन् ।
श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलनमा यस्तै झल्को दिएका थिए । राजनीतिक हस्तक्षेप बढ्दै गएको र त्यसले बक्सिङ खेलको विकास गर्दैन श्रेष्ठले भने,‘ बक्सिङ खेललाई विवादरहित रुपमा अगाडी बढाउन संघका अवालेमार्फत सर्वसम्मम रुपमा अगाडी बढ्ने छ भन्ने विश्वास लिएको छु । ’ श्रेष्ठको पत्रकार सम्मेलनमा अवाले पनि उपस्थित थिए ।
संघका महासचिव दीपक गुरुङले आफु विना साधारण डाक्ने तयारी गरेको भन्दै मंगलबार पत्रकार सम्मेलनमार्फत साधारण सभा स्थगन गर्न एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल आलम्पिक कमिटी (एअनेसी) सँग आग्रह गरेका थिए । श्रेष्ठविरुद्ध पत्रकार सम्मेलन गरेमा महाचिव गुरुङ पुनः त्यहि पदमा निरन्तरता दिने योजनामा छ ।
एकल रुपमा साधारण सभा बोलाएको भन्ने महासचिव गुरुङको भनाईलाई अध्यक्ष श्रेष्ठले अस्वीकार गरेका छन् । उनले पत्रकार सम्मेलनमा भने,‘ २५ सदस्यीय कार्यसमितिमध्ये १६ जनाले सभारण सभा गर्ने निर्णयमा हस्ताक्षर गरेर जेठ २२ का लागि साधारण सभा डाकेका हौं । श्रेष्ठले साधारण सभाका लागि सबै प्रक्रिया पुरा गरेको पनि दाबी गरेका छन् ।
राजनीतिक दाउपेचका लागि अनावश्यक आरोप पत्यारोपमा फसाउने काम भइरहेको महसुस गरेको सुनाउँदै श्रेष्ठले भने,‘यसले खेललाई ओरालो लाने काम भएको छ । बक्सिङको विकासमा सबै एकजुट हुन र विवादरहित भएर खेल विकासमा लाग्न मैले अब उम्मेदवारी नदिने निर्णय लिएको हु ।’
श्रेष्ठले एसियाली बक्सिङ संघको कार्यसमिति सदस्यमा रहेकोले नेपाली बक्सिङमा विवादको अन्त्य गर्नुलाई आफ्नो पनि कर्तव्य मानेको र आउने दिनमा पनि बक्सिङ विकासमा लाग्ने वचन दिएका छन् । श्रेष्ठका अनुसार साधारणसभामा २६ जिल्लाका २६, ४ क्षेत्रका ४, केन्द्रीय समिति २५, खेलाडी तथा प्रशिक्षकमध्येबाट २–२ गरी ५९ जनाले मतदान गर्न पाउने छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.