10 years ago
June 5, 2016
काठमाडौं,जेठ २३ । नेपाल भलिबल संघले आगमी वर्षको लागि वार्षिक कार्ययोजना आइतबार सार्वजनिक गरेको छ ।
निर्वाचित भएको २० दिनपपछि संघले आइतबार पत्रकार सम्मेलन गर्दै वार्षिक कार्ययोजना ािर्वजनिक गरेको हो । वार्षिक कार्ययोजनामा विभिन्न २३ विधाहरु सार्वजनिक गरेको हो । संघको योजना अनुसार पहिलो कार्य आगमी असार तीन गते ओलम्पिक डे को अवसरमा १२ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गर्नेछ । यस्तै साउन १३ गतेको लागि भारतसँग मैत्रीपूर्ण महिला भलिबलको आयोजना गरेको छ । भाद्रमा भलिबल महोत्सव तेस्रो राष्टिय महिला एनभीए महिला तथा पुरुष क्लब च्यामिपयनसिप हुनेछ । कात्र्तिकमा पाचौं महिला तथा छैटौं राष्टिय पुरुष बीच भलिबल गराउने तालिका छ । मङ्सिरमा ३० औं पुरुष तथा २०औं महिला भलिबलको कार्ययोजना छ । कात्र्तिकमा एभीसी सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला भलिबल तथा कात्र्तिकमा इन्टरनेशनल रेफ्री क्यानिडेट कोर्स तथा रेफ्री रिफ्रेसरको तालिका छ । माघमा यु –१५ विद्यालय स्तरीय राष्ट्रिय भलिबल गराउने संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले पत्रकार सम्मेलनमा बताए ।
चैत्रमा तेस्रो राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबल तथा वैशाखमा इभीसी सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष भलिलमा सहभागिता जनाउने कार्य तालिका छ । ७४ वैशाखमा वर्ष खेलाडी र प्रशिक्षक एवम् संघ सस्थालाई सम्मान गर्ने संघका महासचिव जितेन्द्रवहादुर चन्दले बताए । उनले सबै पुरा गर्न करिव दुई करोड देखि ३ करोड लागत लाग्ने बताए । संघको कार्य योजनामा क्षेत्र तथा जिल्लाले आयोजना गर्ने प्रतियोगिताहरु समावेश गरिएको छैन ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]