default_image

6 years ago

September 11, 2019

एपीएफमाथि आर्मीको जित

175 views

0 Bookmark

काठमाडौं – विभागीय त्रिभुवन आर्मी क्लबले प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली नेपाल एपीएप क्लबलाई पराजित गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–१ को सेटमा जित हात पारेको हो ।
मंगलबारको लागि तय भएको खेल वर्षाले प्रभावित बनेपछि बुधबार खेलाइएको खेलमा आर्मी पहिलो सेटमा २५–२० ले विजयी भएको थियो । दोस्रो सेटमा २५–१४ को सहज जित निकाल्दै जिततर्फ अग्रसर बनेको आर्मीले प्रतिस्पर्धात्मक तेस्रो सेट २४–२६ ले गुमाएको थियो । चौथो सेटमा एकसमय ४–१० ले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–२३ को जित निकाल्दै ३–१ को सेटमा जित हात पार्यो ।

यसअघि एपीएफले बुधबारै ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको थियो । एपीएफले ढोरपाटनमाथि २५–९, २५–१८ र २५–२३ को सहज जित निकाल्यो । बुधबारै समूह ‘बी’ मा उपाधिको दावेदार नेपाल पुलिस क्लबले आयोजक प्रगतिशिल युवा नेपाल क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१७, २५–१८ र २५–१५ को सहज जित निकाल्यो ।

गण्डकी प्रदेश र गल्कोट स्पोर्टस् क्लब टोकियो जापानबीचको खेल भने वर्षाले रद्ध हुन पुग्यो । गण्डकीले शुरुवाती दुई सेट २५–१९ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पनि गण्डकीले अग्रता लिइरहँदा वर्षा भएपछि खेल सुचारु हुन सकेन । बुधबारकै लागि तय आर्मी र जावलाखेलबीचको खेल पनि हुन सकेन ।

प्रगतिशील युवा नेपाल को आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोट्र्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर छन् । समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली अन्तिम चारमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.