default_image

6 years ago

September 12, 2019

तीनै विभागसँगै गण्डकी सेमिफाइनलमा

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिका दावेदार तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबसँगै गण्डकी प्रदेश प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइानलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा बिहीबार भएको खेलमा आर्मीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएको हो । एकपक्षीय खेलमा आर्मीले जावलाखेलमाथि २५–२३, २५–११ र २५–२१ को सहज जित निकाल्यो । यही समूहको खेलमा एपीएफले आफ्नो अन्तिम खेलमा जावलाखेललाई २५–१९, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

शुक्रबार हुने समूहको अन्तिम खेलमा ढोरपाटनलाई पराजित गरे आर्मी समूह ‘ए’ को विजेता तथा एपीएफ उपविजेता बन्नेछ ।
समूह ‘बी’ बाट पुलिस र गण्डकीले पनि अन्तिम खेल अगावै अन्तिम चारको यात्रा तय गर्न सफल भयो । गण्डकीले बिहीबार दोहोरो सफलता हात पार्दै अन्तिम चारका पुग्न सफल भयो । पहिलो खेलमा गण्डकी प्रदेशले आयोजक प्रगगिशिल युवा नेपाललाई २५–१८, २५–१३ र २५–२३ ले पराजित गर्यो । बुधबार वर्षाले प्रभावित बनेको खेल बिहीबार हुदा गण्डकीले गल्कोटमाथि ३–१ को सेटमा जित हात पार्यो । पहिलो सेट १५–२५ ले गुमाएको गण्डकीले त्यसपछि लय समात्दै २५–२३, २५–२३ र २५–१९ को जित निकाल्यो ।

घरेलु भलिबल प्रतियोगिताको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको तेस्रो दिन पुलिसले पुलिसले गल्कोट स्पोर्टस क्लब जापान टोकियो क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले गल्कोटमाथि २५–१८, २५–१९ र २५–१५ को सहज जित निकाल्यो ।

अब शुक्रबार पुलिस र गण्डकीबीचको खेलले नै समूह ‘बी’ को विजेता र उपविजेता टुङ्गो लगाउनेछ । प्रतियोगितामा शुक्रबार समूह चरणका ३ खेल हुनेछ । लिग चरणको अन्तिम दिन आर्मी र ढोरपाटन, प्रगतिशील र गल्कोट तथा पुलिस र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

प्रगतिशील युवा नेपाल को आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोट्र्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर छन् । समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली अन्तिम चारमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.