6 years ago
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम चरणका खेल बाँकी रहँदा काठमाण्डौंमा जारी दोस्रो नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको उपाधि होड रोमाञ्चक बनेको छ । आठौं चरण अन्र्तगत शनिबार शुरवीर लामा र पुरुषोतम चौंलागाईं तथा भुपेन्द्र निरौला र सुमित पन्तबीच सम्पन्न पहिलो तथा दोश्रो दुवै बोर्डका खेल बराबरीमा टुंगिएपछि उपाधि होड खुला भएको हो ।
आठौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लबलाई स्वर्ण पदक दिलाएका पुरुषोतमंले सातौं चरणको खेलमा प्रतियोगिताका शीर्ष खेलाडी फिडेमास्टर रुपेश जयसवालमाथि जित हासिल गरे । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका डायनामीक चेस एकेडेमी दमकका क्यान्डिडेटमास्टर भुपेन्द्रले सातौं चरणमा थापाथली चेस पार्कका क्यान्डिडेटमास्टर क्षितिज भण्डारीलाई हार चखाए । आठौं चरणको समाप्तीमा पुरुषोतम तथा भुपेन्द्र समान ६ दशमलब ५ अंकका साथ संयुक्त शीर्षस्थानमा रहेका छन् ।
प्रतियोगिताका साविक विजेता शुरवीर, फिडेमास्टर रुपेश, गजुरमुखी चेस क्लबका फिडेमास्टर मनिष हमाल तथा थापाथली चेस पार्कका सुमित पन्त समान ६ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहँदै उपाधि होड कायमै राख्न सफल भएका छन् ।
आइतबार प्रतियोगिताको अन्तिम चरणको खेलमा शुरुवाती तीन बोर्डमा हुने नतिजाले मात्र उपाधिको छिनोफानो हुनेछ । नवौं चरणको खेलमा पहिलो बोर्डमा पुरुषोतमर मनिष हमाल, दोश्रो बोर्डमा भुपेन्द्र र रुपेश जयसवाल तथा तेश्रो बोर्डमा सुमित र शुरवीर आमनेसामने हुनेछन् ।
पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका शुरवीरले सातौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर नविन तण्डुकारमाथि विजय प्राप्त गरे । सातौं चरणमा पुरुषोतमसँग हार बेहोरेका रुपेशले आठौं चरणमा शहिद शुक्र क्लबका राजेन्द्र बज्राचार्यलाई माथ दिए ।
मनिषले सातौं तथा आठौं चरणमा क्रमशः थापाथली चेस पार्कका शुसील चौधरी तथा नेपाल ईन्टरनेशनल स्पोर्टस क्लबका क्यान्डिडेटमास्टर सजिन महर्जनमाथि विजय प्राप्त गरे । त्यसैगरी सुमितले सातौं चरणमा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली माथि जित हासिल गरे ।
गजुरमुखीका क्यान्डिडेटमास्टर कृष्ण थापालाई पन्छाउँदै क्षितिज भण्डारीले अंकतालिकामा ५ दशमलब ५ अंक बनाए । समान ५ दशमलब ५ अंक बनाएका नविन तण्डुकारले थापाथली चेस पार्कका राजन पुरीलाई हराए ।
आठौं चरणको समाप्तिसम्म गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ, बद्रीलाल नेपाली, गजुरमुखी चेस क्लबका राजन सुवेदी तथा प्रकाश नेपाल, थापाथली चेस पार्कका आशिष फुयाल तथा शुसील चौधरी, भक्तपुरका गणेशमान दुवाल, शहिद शुक्र क्लबका राजेन्द्र बज्राचार्य समान ५ अंक बनाउन सफल भए ।
नमुना बौद्ध चेस क्लबको आयोजना तथा मार्बल टेक्नोप्लास्टको प्रायोजनमा जारी प्रतियोगिता अन्र्तगत आइतबार अन्तिम चरण (नवौ चरण) का खेल हुनेछन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]