9 years ago
June 21, 2016
काठमाडौं, असार ६ गते
१२ औं ढोरपाटन ब्लु स्काई कप, टिभिएस महिला भलिबल लिग प्रतियोगिता पुसको पहिलो सातादेखि हुने भएको छ । प्रतियोगितामा पाँच उत्कुष्ट विधामा सफलता हात पार्ने खेलाडीलाई पाँच वटा स्कुटर पुरस्कार राखिएको ढोरपाटन क्लवका अध्यक्ष मानवीर छन्त्यालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिता आगमी पुस ९ देखि २३ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता हुने टिमले ३ लाख २० हजार रुपैयाँ पुरस्कार राखिएको छ । उपविजेतालाई १ लाख ६० हजार, तेस्रो हुनेलाई७५ हजार रुपैयाँको पुरस्कार राशी छुट्टाइएको क्लवले जनाएको छ । चौथौ हुनेलाई ४५ हजार, पाचौँ हुनेलाई ३५ हजार,छैठौं हुनेलाई २५ हजार र सातौं हुने टिमलाई १५ हजार नगद र कप पुरस्कार राखिएको आयोजकले जानकारी गराएको हो ।
उत्कुष्ट खेलाडी, प्रतिभावान खेलाडी, प्लेयर अफ दि एयर,प्लेयर अफ दी सिरिज र ग्रेट अचिमेन्ट अवार्ड गरेर छुट्टाछुटै ५ जना महिला खेलाडीलाई टिभिएस स्कुटर पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष छन्त्यालले बताए । त्यस्तै गरी उत्कुष्ट, स्पाईकर, डिफेन्स,लिफ्टर, सर्भिस,ब्लकर,उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ ।
ढोरपाटन क्लवका अध्यक्ष मानवीर छान्त्याल र जब्स ग्लोबल इम्पोइमेन्ट सर्भिस प्रालिका निर्देशक चन्द्रसिंह अदई बीच प्रतियोगितामा प्रयोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जब्स ग्लोबलले प्रतियोगिता प्रयोजन स्वरुप ५ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको जानकारी गराएका छन् । निर्देशक अदईका अनुसार भलिबल खेलको स्तर बढाउन प्रयोजक गरेको जानकारी दिएका छन् ।
‘यो प्रतियोगिताले प्रतिभावान खेलाडी नयाँ अवसर प्रदान गरेको छ । उनीहरुलाई खेल कौशल बढाउने उपयुक्त खेलाडीलाई अवसर प्रदान गरेको छ ।’ उनले भने,‘लामो समय सम्म सहकार्य गरेर अघि बढ्ने योजनामा रहेका छौं ।’
ढोरपाटन क्लवले आगमी मसिंर २० देखि पुष ३ गते सम्म पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, दोस्रो हुनेलाई १ लाख रुपैयाँ पुरस्कार रहेको क्लवका महासचिव देवेन्द्र घर्तिमगरले जानकारी दिए । त्यस्तैगरी तृतीय हुनेलाई ५० हजार, चोथो हुनेलाई ४० हजार, पाँचौ हुनेलाई ३० हजार, छैठौ हुनेलाई २० हजार र सातौँ हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कुष्ट पुरुष खेलाडीलाई १ थान मोटरसाइकलको पुरस्कार दिइने आयोजकले जनाएको छ
उत्कुष्ट, स्पाईकर, डिफेन्स,लिफ्टर, सर्भिस,ब्लकर,उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।।त्यस्तै गरी क्लवले साउन २७ देखि २९ गते सम्म ब्रदर्श स्पोर्टस हलमा ब्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको छ । नेपाल भलिबल संघका निर्वतमान अध्यक्ष दानबहादुर तामाङले प्रतियोगिताले नवप्रतिभावान खेलाडी जन्माउन महत्वपूर्ण योगदान पु¥याउने जानकारी दिएका छन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले ढोरपाटनले भलिबलको विकासमा टेवा पु¥याएको बताएका छन् ।
पोखराको ज्ञानुबाबा उच्च मावि ढोरपाटनको दोस्रो संस्करण देखि पाचौँ संस्करण सम्म लगातार चौथो पटक उपाधि हात पार्न सफल सर्वाधिक सफल टिम हो । ससत्र प्रहरी बल एपीएफले आठौं संस्करण देखि एघारौं संस्करण सम्म चार पटक उपाधि हात पारेको छ । पहिलो संस्करणमा त्रिभुवन आर्मी र सातौं सस्करणमा नेपाल पुलिस क्लवले उपाधि हात पारेका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]