6 years ago
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् ।

राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिको संयुक्त बैठकले मार्च पासमा झण्डा बोक्नमा क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गर्दै विकल्पमा कमलको नाम राखेको थियो । तर कार्यकरी समितिले भने कमललाई झण्डा बोक्ने जिम्मेवारी दिने निर्णय गरेको छ । खेलाडीमा सपथ लिनेमा आयशाको नाम सिफारिस भएकोमा उनले नै उक्त जिम्मेवारी पाएकी छिन् ।
आयशाले एसियाली खेलकुदमा कास्य पदक र सागको स्वर्ण पदक जितेकी छिन् । अन्य विकल्पमा फुटबलका विक्रम लामा, करातेका विनोद शाक्य, तेक्वान्दोकी आयशा शाक्य र उसुकी निमा घर्तीमगरको पनि नाम चर्चामा रहेको थियो ।
१३ औं सागमा भाग लिने खेलाडी मध्ये आयशा सफल खेलाडीमा पर्दछिन् । १५ औं एसियाडमा कास्य पद क जितेकी आशयाले सागमा स्वर्ण र २ रजत पदक जितेकी छिन् । यसपटक उनी तेक्वान्दोको पुम्सेमा प्रतिस्पर्धा गर्दैछिन् ।
त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकका तर्फबाट सपथ लिने भएका छन् । सन् २०१६ को रियो ओलम्पिकमा ब्याडमिन्टनमा लाइन जज बसिकेका थापा ब्याडमिन्टन एसियाका सिनियर अम्पायर हुन् ।
सागको दीप प्रज्वलनका लागि भने सागमा चार पटक स्वर्ण पदक जितेका नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टको नाम सिफारिस गरिएको छ । दीपक १३ औं सागमा तेक्वान्दोको गेरुगी टोलीको प्रशिक्षकहरु मध्येका हुन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]