default_image

6 years ago

December 1, 2019

सागको भव्य उद्घाटन आज

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको औपचारिक उद्घाटन समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । साँझ ५ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति रहनेछ ।

सन् १९८४ मा नेपालले नै पहिलो पटक सागको आयोजना गरेको थियो । त्यसपछि सन् १९९९ मा आठौं संस्करणको आयोजना गरेको नेपालले तेस्रो पटक सागको आयोजना गर्ने जिम्मेवारी पाएको हो । समयमै पूर्वाधार तयार नहुँदा पटक-पटक मिति सरेपनि अन्तत: साग आयोजना हुने भएको छ । केहि महिनाअघि मात्र आएको राष्ट्रिय खेलकुद परिषदको नयाँ नेतृत्वले सागलाई विशेष प्राथमिकतामा राखेर कार्य गरेपछि साग समयमै सम्भव भएको हो ।

झन्डै १० हजारको संख्यामा सहभागीहरुले नेपालको कला संस्कृति लगायत अन्य विविध विषयमा आधारित रहेर प्रस्तुति दिने छन् । उद्घाटन समारोह झन्डै ३ घण्टा १५ मिनेट संचालन हुनेछ । उद्घाटनका लागि विभागीय टोलीहरु पुलिस, आर्मी र एपीएफसंगै विभिन्न विद्यालयहरुको टोलीले साथ दिनेछन् ।

सागमा ७ राष्ट्रका खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक सहभागी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् । यसक्रममा सबै राष्ट्र गरेर कुल २ हजार ७ सय १५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सागमा कुल अफिसियल संख्या ७ सय ६९ रहेको छ । नेपालबाट सर्वाधिक ५ सय ९६ खेलाडी रहेका छन् । नेपालले मात्र सबै २६ खेलमा प्रतिस्पर्धा गर्दैछ । सागअन्तर्गत काठमाडौंमा १९, पोखरामा ८ र जनकपुरमा १ खेल हुँदैछ । फुटबल र क्रिकेटतर्फ पुरुषको खेल काठमाडौं र महिलाको खेल पोखरामा हुँदैछ ।

उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा ओलम्पियन तथा सागका स्वर्णधारी भारोत्तोलनका कमलबहादुर अधिकारीले बोक्नेछन् । दिप प्रज्वलनमा ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी स्वर्णधारी दीपक विष्ट रहनेछन् । चार पटक स्वर्ण जित्ने कीर्तिमान राखेका दीपक हाल तेक्वान्दोका प्रशिक्षक समेत हुन् । तेक्वान्दोकै पुम्सेतर्फकी आयशा शाक्यले खेलाडीको तर्फबाट सपथ लिनेछिन् । निर्णायकको तर्फबाट ओलम्पिकमा सहभागी भइसकेका ब्याडमिन्टनका निर्णायक दीपक थापा रहनेछन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.